२० असोज, एजेन्सी । आगामी वर्ष रुसमा हुन लागेकोे विश्वकपमा छनोट भईसकेको ब्राजिलले आफ्नो दोस्रो अन्तिम खेलमा बोलिभियासँग बराबरीमा रोकिएको छ । बोलिभियाको राजधानी ल पाज स्थित स्टाडियो हर्नान्डो साईल्स रंगशालामा भएको खेलमा ब्राजिलियन टोली बोलिभियासँग बराबरीमा रोकिएको हो ।
सामुन्द्रिक सतहबाट करिब ३७०० मिटर माथि रहेको उक्त रंगशालामा ब्राजिलियन खेलाडीहरु आल्टिट्युड सिकनेशको समस्याले पटक पटक ग्रसित भएका थिए । खेल लगत्तै श्वासप्रश्वासमा समस्या आएपछि ब्राजलियन खेलाडीहरुले अक्सिजनको माक्स लगाएका थिए ।
खेलमा अधिकांश समय ब्राजिलले पकड जमाएतापनि घरेलु टोलीका गोलकिपरले ब्राजिलियन टोलीको प्रयास बिफल बनाएका थिए ।
वि.सं.२०७४ असोज २० शुक्रवार ०५:४० मा प्रकाशित