back

विश्वकपको संघार अझै बन्द भईसकेको छैन – अर्जेन्टिनी प्रशिक्षक साम्पोली

वि.सं.२०७४ असोज २० शुक्रवार

357 

shares

sampoli

२० असोज, काठमाडौँ । अर्जेन्टिनाका प्रशिक्षक जोर्गे साम्पोलीले आफ्नो टोली सन् २०१८ मा हुन लागेको विश्वकपमा छनोट हुने कुामा विश्वस्त रहेको बताएका छन् । आज बिहान सम्पन्न पेरु सँगको खेलमा बराबरीमा रोकिए सँगै विश्वकपमा छनोट हुने सम्भावना अझै कमजोर बनेको छ । त्यसका बाबजुद प्रशिक्षक साम्पोलीले आफुहरुले अन्तिम खेलमा राम्रो प्रर्दशन गर्दै आफुहरु विश्वकपमा छनोट भईछाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । अर्जेन्टिनाले छनोट चरणको अन्तिम खेल ईक्वेएडर सँग खेल्दै छ । उक्त खेल अर्जेन्टिनाले जसरी पनि जित्नु पर्ने बाध्यता रहेको छ ।

messi

अर्जेन्टिना २५ अंक सहित तालिकाको छैठौ स्थानमा रहेको छ । पेरु समान अंक सहित गोल अन्तरको आधारमा पाचौँ स्थानमा छ भने कोलम्बिया २६ अंक सहित चौथो स्थानमा रहेको छ । अबको खेलमा पेरु र कोलम्बिया समेत आपसमा भिड्दै छन् अबको खेलमा पेरु ले कोलम्बियालाई जितेकोे खण्डमा अर्जेन्टिना बराबरीमा रोकिएमा विश्वकपको ढोका बन्द हुने छ । तर कोलम्बियाले पेरुलाई जितेको खण्डमा अर्जेन्टिनाले बराबरी गरेको अवस्थामा समेत विश्वकपको प्ले अफको लागि छनोट हुनेछ ।

वि.सं.२०७४ असोज २० शुक्रवार ०६:२२ मा प्रकाशित

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

एनपिएल : चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किङ्ग्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर...

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

एनपिएलः लुम्बिनीले कर्णालीलाई दियो एक सय २९ रनको चुनौती

काठमाडौँ  । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो...

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

खेलमैदान निर्माणका लागि अट्ठाइस लाख जुट्यो

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट रु २८...

एनपिएलमा आज दुई खेल हुँदै

एनपिएलमा आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

एनपिएल : विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले...

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

एनपिएल अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर...