
२० असोज, एजेन्सी । रियल म्याड्रिडका स्टार राईट ब्याक ड्यानी कार्भाहाल मुटुको संक्रमणका कारण फुटबल नै गुमाउन सक्ने स्थितीमा पुग्न सक्ने सम्भावना रहेको पाईएको छ । च्याम्पियन्स लिग अन्र्तगत बोरुस्सिया डर्टमन्ड सँगको खेल पछि अस्पताल भर्ना भएका स्पेनिश खेलाडी कार्भाहाललाई मुटुको समस्या रहेको प्रारम्भिक रिपोर्टमा देखिएको थियो ।
मुटुको समस्या हेर्दा कार्भाहालले आगामी दिनमा फुटबल खेल्न नसक्ने समेत सम्भावना रहेको उनको उपचारमा उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै डेली मेलले लेखेको छ ।
रियल म्याड्रिडको एकेडेमी उत्पादन कार्भाहाल सन् २०१३ देखि रियल म्याड्रिडको पहिलो टिमबाट खेल्दै आएका छन् । निकै तीब्र गतिमा मैदानमा कुद्न सक्ने कार्भाहाललाई रियल म्याड्रिडको ईमान्दार खेलाडीको रुपमा लिने गरिन्छ । उनलाई रियल म्याड्रिडको भावी क्याप्टेनको रुपमा समेत हेर्ने गरिन्छ ।
वि.सं.२०७४ असोज २० शुक्रवार ०९:४४ मा प्रकाशित