back

यसरी मनाइयो युगान्डामा दसैं (फोटो सहित)

वि.सं.२०७४ असोज २० शुक्रवार

423 

shares

photo1कम्पला, युगान्डा। हरेक वर्ष झैँ यस वर्ष पनि गैर आवासीय नेपाली संघ युगान्डाले यसै सेप्टेम्बर ३० तारिक शनिबारका दिन “दशैँ टिका ग्रहण तथा भेटघाट कार्यक्रम २०७४” सम्पन्न गरेको छ।

४५ जना नेपालीको उपस्थिति रहेको उक्त कार्यक्रममा जेष्ठ नागरिकको हैसियतमा आदरणीय बिजय नापित तथा सुमित्रा मानान्धरबाट पण्डित सगुन पंगेनीको उपस्थितिमा आशिष मन्त्र पाठ गर्दै टिका तथा जमरा ग्रहण गराइएको थियो। यसै कार्यक्रमबाट उपस्थित आफन्त जनहरुबीच पनि टिका जमरा ग्रहण तथा दान दक्षिणा आदानप्रदान समेत भएको थियो।

पूर्व अध्यक्ष रमेश कंडेलको उद्घोष संगै शुरु भएको कार्यक्रममा संस्था केका लागि भन्ने स्पष्ट पार्दै नेपाली नेपालिबीचको सद्भाव बढाउन तथा दुख पर्दा व्यक्ति सहभागी भएर कुरा गर्नु र संस्था सहभागी भएर कुरा गर्नुमा जमिन आशमान्को फरक रहने हुँदा सबै नेपालीहरु संस्थामा आवद्द हुन आवश्यक रहने स्मरण गराउदै रास्ट्रिय गानबाट कार्यक्रमलार्इ औपचारिकता दिइएको थियो।

photo3

कार्यक्रमका पुर्व अन्तराष्ट्रिय प्रतिनिधि जिभनाथ पंगेनीले स्वागत मन्तब्य दिदै गैर आवासीय नेपाली संघ युगान्डाले पुर्ब कालमा गरेका गतिविधिको छोटो जानकारी गराउनु भएको थियो भने उनको बंगाली संस्थामा जोडिएर लाभ लिन सकिने भनाइको टिप्पणी गर्दै भारतको बंगाली संस्था वा बंगलादेशको बंगाली संस्था स्पस्ट गर्न तथा के लाभ लिन सकिन्छ भन्ने कुराको प्रश्न संस्थाका महासचिव रमेश शर्माले गरेका थिए। भारतीय संस्था भएको स्पस्ट पार्दै विभिन्न संस्कृति नेपाली संग मिल्ने भएकाले आफ्ना प्रतिनिधि उनीहरुको कार्यक्रममा सहभागी गराउन सकिने र आफ्ना कार्यक्रमहरुमा पनि उनीहरुलाई सहभागी गराउन सकिने बताएका थिए। प्रवक्ता कमल दत्त भट्टले पहिले कार्यकालमा जे जति कामहरु भए त्यो भन्दा बढी गर्न सक्नुपर्छ भन्ने आशय ब्यक्त गर्दै शुभकामना मन्तब्य राखेका थिए।

युगान्डामा एकमात्र नेपाली पण्डित शगुन पंगेनीले संस्थाबाट आफुले ड्रिम प्रोजेक्टको रुपमा एउटा नेपालीहरुको हकमा पशुपति मन्दिरको आशा गरेको स्पस्ट पारेका थिए। कार्यक्रमको सांस्कृतिक फाटलाई सम्हाल्दै महिला संयोजक इन्दु उर्फ तारा गिरीले विभिन्न दशैँ गीतको मेसो मिलाई माहोललार्इ संगीतमय बनाउँदै मनोरञ्जन प्रदान गरेकी थिइन्।

photo2

कार्यक्रमको अन्तमा अध्यक्ष राजमणिले सम्पूर्ण उपस्थित जनलाई सम्बोधन गर्दै आफ्ना आगामी दिनमा ब्लड डोनेसन कार्यक्रमको आयोजना गर्ने तथा पण्डित पंगेनी ज्युले राखेको ड्रिम प्रोजेक्टका लागि गम्भीर भएर लाग्ने प्रतिबद्दता गर्दै यसकालागी युगान्डामा रहेका झन्डै २०० नेपालीको एक्यबद्दता आवश्यक रहेको जिक्र गर्दै उपस्थित जनलाई एक्बद्द गर्दै हातमा हात मिलाएर गोलबद्द गरेका थिए। दशैँ कार्यक्रम सफल गर्नका लागि उल्लेख्य भूमिका खेल्ने उपाध्यक्ष बिनोद थापा, महासचिव रमेश शर्मा, प्रवक्ता कमल भट्ट, राज गिरि, तारा गिरि, मन्जुल पाठक, पुष्पलाल प्रजापति, प्रेम खरेल तथा चोटले ग्रस्त भएर पनि उपस्थित पूर्व अध्यक्ष रमेश कंडेल लगायत सम्पूर्ण उपस्थितजनलार्इ हृदयदेखि धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन भएको घोषणा गरिएको थियो।

वि.सं.२०७४ असोज २० शुक्रवार ११:०५ मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...