back

एनआरएनए लेबनानको दसैं, अपांगता भएकाहरुका लागि आर्थिक सहयोग संकलन

वि.सं.२०७४ असोज २० शुक्रवार

741 

shares

lebanon-dashainगैरआवासीय नेपाली संघ लेबनानले आयोजना गरेको दशैं विशेष कार्यक्रम सम्पन्न भएको छ ।
एनआरएनए लेवनानका अध्यक्ष अशोक थापाको अध्यक्षता, आइसीसी सदस्य देबीमाया लिम्बुको प्रमुख आतिथ्यता तथा एनआरएनका कोषाध्यक्ष हेमचन्द्र मगरको तर्फबाट बडादशैको उपलक्ष्यमा शुभकामना आदनप्रदान रहेको थियो । मगरले छोटो समयमा आफ्नो मन्तव्य राख्दै प्रदेशी भोगाईसँग मेल खाने गजल समावेश गरेका थिए ।

त्यसैगरी एनआरएनका सल्लाकार राम पोख्रेलबाट विजयादशमीको साईत राख्दै टिका ग्रहण गर्दै साथमा जहाँ पुगेपनि हरपल साथ र सहयोग गरिरहने प्रतिबद्दता जाहेर गरेका थिए ।
संघका महासचिव धर्मेन्द्र दाहालको संचालन रहेको उक्त दसैं कार्यक्रममा एनआरएन लेबनानले ६ जना ब्यत्तित्वहरु देबी माया लिम्बु, राम पोख्रेल, मोहन लिम्बु पन्दाक, उपन्यासकार चन्द्रा जोशी सुमन, गायक ईश्वर गुरुङ्ग र मोहन पन्जाबी एआरएनका अध्यक्ष अशोक थापा र एनआरएनका सदस्य सुन्दरी तामङ्गले खादा ओढाएर सम्मान गरेका थिए ।
सोहि अवसरमा उपन्यासकार चन्द्रा जोशी सुमनको नेतृत्वमा कार्यक्रमकै बीचमा गोर्खा बुङकोट खाब्दी भन्ज्याङ्गका एकै परिवारका तिनजना अपाङ्ग दिदीभाईको लागी आर्र्थिक सहयोगको आव्हान गरिएको थियो ।

ishwor-gurung

जसमा मनका धनी काठमाडौं सामाखुसीका गायक ईश्वर गुरुङ्गले सबैभन्दा बढी रकम दिएर सहयोगको भावना अघि बढाएका थिए । उनले एकसय डलर सहयोग गरेका थिए । गुरुङको सहयोगी मनलाई एनआरएनएले धन्यवाद ज्ञापन गरेको थियो ।
कार्यक्रममा सहभागी भएका अन्य दाजुभाइ दिदीबहिनीहरुको सहयोगी मन लिएर जति सकिन्छ त्यहि सहयोगको हात उठाएका थिए । जसमा ३१ ह्जार ५सय रुपैयाँ संकलन भएको थियो ।
सो रकम अपाङता भएका भाइबहिनीहरुकी आमा पोष कुमारी श्रेष्ठको नाममा पठाइने लेबनानबाट चन्द्रा जोशीले बताएकी छन् । उनले आगामी कार्यक्रमहरुमा पनि उनीहरुका लागि सहयोगको अपिल गर्ने प्रतिबद्धता जनाएकी छन् ।
स्मरण रहोस् थुप्रै फुटकर कथा, कविता र गजलहरु विभिन्न संचारमाध्यममा प्रकाशन गरिसकेकी जोशीले आफ्नो पहिलो उपन्यास ‘ऋतु’ बजारमा ल्याएकी छन् । जोशीले यसअघि व्यक्तिगत रुपमा १० हजार रुपैयाँ पठाइसकेकी छन् ।
कार्यक्रममा रमाइलो सास्कृति कार्यक्रमका साथै मिठा मिठा परिकारहरु पनि समावेश गरिएको थियो । परदेशी भूमिमा एकअर्काबीच दुःख सुख साटासाट भएको देखिनुमा नै सबै नेपाली सन्तुष्ट भएको देखिन्थ्यो ।
अन्तमा, एनआरएनका उपाध्यक्षमा छबिलाल लामीछानेले कार्यक्रमलाई सफल बनाईदिनु हुने सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई शुभकामना साथै धन्यवाद ज्ञापन गरेका थिए ।

वि.सं.२०७४ असोज २० शुक्रवार ११:३९ मा प्रकाशित

Himalayan Life AD
अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिका । जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो...

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...