गैरआवासीय नेपाली संघ लेबनानले आयोजना गरेको दशैं विशेष कार्यक्रम सम्पन्न भएको छ ।
एनआरएनए लेवनानका अध्यक्ष अशोक थापाको अध्यक्षता, आइसीसी सदस्य देबीमाया लिम्बुको प्रमुख आतिथ्यता तथा एनआरएनका कोषाध्यक्ष हेमचन्द्र मगरको तर्फबाट बडादशैको उपलक्ष्यमा शुभकामना आदनप्रदान रहेको थियो । मगरले छोटो समयमा आफ्नो मन्तव्य राख्दै प्रदेशी भोगाईसँग मेल खाने गजल समावेश गरेका थिए ।
त्यसैगरी एनआरएनका सल्लाकार राम पोख्रेलबाट विजयादशमीको साईत राख्दै टिका ग्रहण गर्दै साथमा जहाँ पुगेपनि हरपल साथ र सहयोग गरिरहने प्रतिबद्दता जाहेर गरेका थिए ।
संघका महासचिव धर्मेन्द्र दाहालको संचालन रहेको उक्त दसैं कार्यक्रममा एनआरएन लेबनानले ६ जना ब्यत्तित्वहरु देबी माया लिम्बु, राम पोख्रेल, मोहन लिम्बु पन्दाक, उपन्यासकार चन्द्रा जोशी सुमन, गायक ईश्वर गुरुङ्ग र मोहन पन्जाबी एआरएनका अध्यक्ष अशोक थापा र एनआरएनका सदस्य सुन्दरी तामङ्गले खादा ओढाएर सम्मान गरेका थिए ।
सोहि अवसरमा उपन्यासकार चन्द्रा जोशी सुमनको नेतृत्वमा कार्यक्रमकै बीचमा गोर्खा बुङकोट खाब्दी भन्ज्याङ्गका एकै परिवारका तिनजना अपाङ्ग दिदीभाईको लागी आर्र्थिक सहयोगको आव्हान गरिएको थियो ।
जसमा मनका धनी काठमाडौं सामाखुसीका गायक ईश्वर गुरुङ्गले सबैभन्दा बढी रकम दिएर सहयोगको भावना अघि बढाएका थिए । उनले एकसय डलर सहयोग गरेका थिए । गुरुङको सहयोगी मनलाई एनआरएनएले धन्यवाद ज्ञापन गरेको थियो ।
कार्यक्रममा सहभागी भएका अन्य दाजुभाइ दिदीबहिनीहरुको सहयोगी मन लिएर जति सकिन्छ त्यहि सहयोगको हात उठाएका थिए । जसमा ३१ ह्जार ५सय रुपैयाँ संकलन भएको थियो ।
सो रकम अपाङता भएका भाइबहिनीहरुकी आमा पोष कुमारी श्रेष्ठको नाममा पठाइने लेबनानबाट चन्द्रा जोशीले बताएकी छन् । उनले आगामी कार्यक्रमहरुमा पनि उनीहरुका लागि सहयोगको अपिल गर्ने प्रतिबद्धता जनाएकी छन् ।
स्मरण रहोस् थुप्रै फुटकर कथा, कविता र गजलहरु विभिन्न संचारमाध्यममा प्रकाशन गरिसकेकी जोशीले आफ्नो पहिलो उपन्यास ‘ऋतु’ बजारमा ल्याएकी छन् । जोशीले यसअघि व्यक्तिगत रुपमा १० हजार रुपैयाँ पठाइसकेकी छन् ।
कार्यक्रममा रमाइलो सास्कृति कार्यक्रमका साथै मिठा मिठा परिकारहरु पनि समावेश गरिएको थियो । परदेशी भूमिमा एकअर्काबीच दुःख सुख साटासाट भएको देखिनुमा नै सबै नेपाली सन्तुष्ट भएको देखिन्थ्यो ।
अन्तमा, एनआरएनका उपाध्यक्षमा छबिलाल लामीछानेले कार्यक्रमलाई सफल बनाईदिनु हुने सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई शुभकामना साथै धन्यवाद ज्ञापन गरेका थिए ।
वि.सं.२०७४ असोज २० शुक्रवार ११:३९ मा प्रकाशित