
२० असोज, एजेन्सी । वार्सिलोनाका भेट्रान मिडफिल्डर आन्द्रेस इनिएस्टले आफ्नो बाकीँ खेल जीवन वार्सिलोनामै रहेर बिताउने गरी सम्झौता गरेका छन् । यो सिजनको अन्तमा क्लब छाड्ने हल्ला चलिरहेको बेला वार्सा कप्तान ईनिएस्टाले क्लब सँग नयाँ सम्झौता गरेका हुन् ।
मिडफिल्डका जादुगरद्वारा परिचीत ईनिएस्टा वार्सिलोनाबाट धेरै खेल खेल्नेको दोस्रो नम्बरमा रहेका छन् । उनी वार्साका पुर्व खेलाडी जाभी पछि क्लबमा लामो समय बिताउयने खेलाडी समेत हुन् । उनले वार्सामा हाल सम्म ६३९ खेल खेलेका छन् ।
वार्सिलोनाको शुनौलो पुस्ता नामले परिचित ईनिएस्टा सन् २००२ मा पहिलो पटक वार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । त्यस यता ईनिएस्टाले ८ पटक लालिगा तगथा ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।