back

पाल्पा बुटवल सडक स्तरोन्नती नहुँदा यात्रुलाई सास्ती

वि.सं.२०७४ असोज २१ शनिवार

741 

shares

२१ असोज, रामपुर, पाल्पा । पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु बाध्य भएका छन् । उत्तर दक्षिण जोड्ने एकमात्र सडक सिद्धार्थ राजमार्ग भएर यहाँ दैनिक सयौँको संख्यामा सवारीसाधन गुड्ने गर्छन् ।

यस सडकखण्डमा पर्ने दोभानदेखि सिद्धबाबा मन्दिरसम्म सडक माथिबाट झर्ने ठूलाठूला चट्टान र पहिरोका कारणले यात्रु र चालकले वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्दै आइरहेका छन् ।

सडक स्तरोन्नतिका लागि नेपाल सरकारले वर्षेनी करोडौँ रुपैयाँ खर्चिदै आए पनि सडकको अवस्थामा सुधार आउन सकिरहेको छैन । आजभन्दा झण्डै चार दशक अगाडि निर्माण भएको यस सडकमा करोडौँ रुपैयाँ सडक मर्मत तथा पुनःनिर्माण एवं स्तरोन्नतिका लागि खर्च भइसकेको छ ।

पछिल्लो समय दिनानुदिन सवारीसाधनको संख्या बढ्दै जाँदा पनि सडकको अवस्था बिग्रँदै गएको हो, सडक डिभिजन कार्यालयका इञ्जिनियर पवित्रमणी आचार्यले भन्नुभयो – सडक स्तरोन्नतिका लागि काम भइरहेको छ ।

सडकमाथिबाट चट्टानसहितको ढुंगा खसिरहदा एक हप्तादेखि यो सडक छिनमै खुल्ने छिनमै बन्द हुने भइरहेको छ । गन्तव्यमा निस्केका यात्रु घण्टौँसम्म बीच बाटोमै अलपत्र अवस्थामा बस्न बाध्य छन् ।

नारायणगढ मुग्लिङ सडकखण्डमा यातायात नियमित सुचारु नहुँदा पनि यसै सडकखण्डअन्तर्गत भएर पूर्वदेखि पश्चिमसम्मका लागि दिनहुँ ठूलो संख्यामा सवारीसाधन आवतजावत गर्ने गर्दा पनि सडकको अवस्था निकै दयनीय बन्दै गएको छ । काठमाडौँसँग जोडिने वैकल्पिक मार्ग भएकाले पनि यसको स्तरोन्नति गर्नसके यात्रुले सहजरुपमा यात्रा गर्ने पाउने छन् ।

वि.सं.२०७४ असोज २१ शनिवार ०७:१२ मा प्रकाशित

Himalayan Life AD
झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन

झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन

सुरुङ्गा (झापा) । झापामा सवारी दुर्घटनाक्रम बढेको छ । जिल्ला...

सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना...

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...