
नेपाल मगर संघ शाखा युएईको पहलमा सङ्कलित बाढी पिडित र दुवै मिर्गौला पीडित मदन पुन मगर सहयोगार्थ रकम नेपाल मगर सङ्घ केन्द्रीय सचिव तथा विदेश विभाग प्रमुख रक्षा बहादुर रैका मगरज्युको प्रमुख आतिथ्यतामा ६ अक्टोबरका दिन हस्तान्तरण गरिएको छ ।
नेमस शाखा युएईका महासचिव डोल राना मगर, नेमस अल ऐन क्षेत्रीय समिति कोषाध्यक्ष शङ्कर राना मगर र नेमस दुवई क्षेत्रीय समिती सल्लाहकार डिबि समर्पण मगरको समुपस्थितिमा बाढिपीडितको लागि ५७,८१५।– रुपैयाँ र दुवै मृगौला पिडित नेमस रस अल्खेमा क्षेत्रीय समितिका सचिव मदन पुन मगरका लागि ५७,८१७ ।–रुपैयाँ वहाँको शिघ्र स्वास्थलाभको कामना गर्दै हस्तान्तरण गरियो ।
यस कार्यक्रममा आफ्नो ब्यस्त समयमा पनि समय दिएर सहभागी भै सहयोग गर्नु हुने सम्पुर्णलाइ र प्रबासको बसाइमा र नेपाल मै पनि परि आएको समस्याहरुलाई हल गर्नको लागि आफ्नो गाँस काटेर सहयोग गर्नु हुने सहयोगी हातहरुलाइ नेपाल मगर संघ शाखा यूएई परिवारको तर्फबाट हृदय देखि नै धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यसरी नै हातेमालो र सहयोगको अपेक्षा गरेको बताएको छ ।