
रियल म्याड्रिडका पुर्व खेलाडी रिकार्डो कार्भाल्होलाई कर छलीको आरोपमा ७ महिनाको जेल सजाय सुनाइएको छ । रियल म्याड्रिडमा आवद्ध हुदाँ कर छलेको भन्दै पोर्चुगलका डिफेन्डर कार्भाल्होलाई जेल सजाय सुनाइएको हो ।
कार्भाल्हो सन् २०१० देखी २०१३ सम्म रियलमा बिताएका थिए । कार्भाल्होलाई जेल सजाय सुनाईएतापनि उनी जेल भने बस्नु पर्दैन ।
स्पेनिश कानुनका अनुसार २ वर्ष भन्दा कम अवधीको जेल सजाय सुनाईएको खण्डमा जेल भित्र बस्नु भने पर्दैन् । स्पेनिश अदालतले कार्भाल्हो सँग करिब डेढ करोड क्षतिर्पुित भराउन निर्देशन दिएको छ । कार्भाल्हो हाल चिनिँया क्लब साङघाई सिपी सँग आवद्ध छन् । उनले रियल म्याड्रिड, एएस मोनाको, चेल्सी लगायतका युरोपेली क्लबहरुबाट खेलेका छन् ।