वाम एकतामा भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरुले ऐक्यबद्धता जनाएका छन् ।
अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन (अभानेस्ववियु) सिएका अध्यक्ष सुधन महत, अखिल भारत नेपाली विद्यार्थी मञ्च (अभानेविम)का अध्यक्ष मदन बस्नेत र अखिल नेपाल विद्यार्थी संघ (अनेविसंघ) भारतका संयोजक बादल बस्नेतले संयुक्त विज्ञप्ती जारी गरी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले एकीकरणको लक्ष्यसहित हालै सार्वजनिक गरेको तत्कालिन चुनावी तालमेल र चुनाव लगत्तै पार्टी एकीकरण गर्ने गरी गरिएको सहमतिले सम्पूर्ण प्रगतिशिल र अग्रगामी विद्यार्थीलाई उत्साहित तुल्याएको जनाएका छन् ।
सहमतिले नेपाल बाहिर रहेर ज्ञान,सिप, शिक्षा तथा दक्षता हासिल गरिरहेका लाखौा नेपाली विद्यार्थीहरुमा सुनौलो आशाको संचार गरेको र अब देश नविन युगमा प्रवेश गर्ने विश्वास विज्ञप्तीमा व्यक्त गरिएको छ ।