Logo
७ आश्विन २०८०, आईतवार
     Sun Sep 24 2023
E-paper
  English Edition
   Unicode
Logo

एमाले पर्वतद्वारा प्रदेश र संघको चुनावको लागि ४५ जनाको नाम सिफारिस



logo-uml

२१ असोज, पर्वत । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदवार सिफारिस गरेको छ । एमालेको शुक्रबार सम्पन्न जिल्ला कमिटी बैठकले पार्टीको केन्द्रमा उम्मेदवार सिफारिस गरेको हो । प्रत्यक्षमा प्रतिनिधिसभा र प्रदेशका लागि नौ र समानुपातिकमा दुवैका लागि नौ गरी १८ जनाको नाम पठाउनुपर्ने भए पनि सहमति हुन नसकेपछि ४५ जनाको नाम केन्द्रमा पठाइएको हो ।

पाँच जना प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि र चार जना प्रतिनिधिसभाको समानुपातिकका लागि तथा अन्य प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवारका आकांक्षी छन् ।

बैठकले पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिनालाई पार्टीले मुख्यमन्त्रीका रुपमा प्रस्तावित गरेमा सर्वसम्मत रुपमा पर्वत क्षेत्र ‘क’ बाट प्रदेशसभा सदस्यमा उठाउने निर्णय गरेको छ ।

त्यस्तै प्रतिनिधिसभामा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य गणेशप्रसाद पौडेल, सांसद विकास लम्साल र कल्पना चापागाईं, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश पौडेल र नेता कृष्णप्रसाद लम्सालको नाम सिफारिस गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभामा समानुपातिकका लागि अनिताकुमारी गुरुङ, शान्ति नेपाली, प्रेम गुरुङ र पीताम्बर शर्माको नाम पठाइएको छ । त्यस्तै प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फका उम्मेदवारका लागि बिहीबार सम्पन्न क्षेत्रीय कमिटीको बैठकबाट आएका नामलाई जस्ताको त्यस्तै केन्द्रमा पठाउने निर्णय गरेको छ ।

प्रदेशतर्फ भने बिहीबार क्षेत्रीय कमिटीबाट नाम आएका जिल्ला अध्यक्ष पदम गिरी, उपाध्यक्ष भक्त कुँवर, बाबुराम सुवेदी, उदय सुवेदी, लक्ष्मी सुनार र सरिता भण्डारी तथा क्षेत्र नं २ बाट प्रस्ताव गरिएका मोती पौडेल, देवेन्द्रराज पाण्डे, पूर्ण गौतम, बैकुण्ठ भुसाल, हरिकुमार श्रेष्ठ, सुन्दर भुसाल, भक्तराज सुवेदी, उमाकान्त सुवेदी, पुष्पराज पौडेल, देवीप्रसाद बस्याल, कमलाकुमारी श्रेष्ठ र सुरक्षा लामिछानेलाई सिफारिस गरिएको छ ।

त्यसैगरी प्रदेशसभा समानुपातिक सांसदका लागि थप १६ जनाको नाम सिफारिस गरिएको एमाले पर्वतका उपसचिव गोविन्द पहाडीले जानकारी दिए । उनका अनुसार जिल्लामै सहमति हुन नसकेपछि दरखास्त परेका सबैको नाम केन्द्रमा पठाइएको हो ।

उम्मेदवार सिफारिस गर्न बसेको बैठकले आगामी निर्वाचनलाई प्रभावकारी रुपमा अघि बढाउने महत्वपूर्ण निर्णयसमेत गरेको एमाले जिल्ला अध्यक्ष पदम गिरीले जानकारी दिए ।


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब