Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

उज्ज्वल ठकुरी “गिनिज बुक अफ वोर्ल्ड रेकर्ड” बाट सम्मानित 



ujjwal-thakuri-gunies-book-recordअमेरिकन मरिन गोजु करातेका ५ डान (गोडान ) खेलाडी उज्ज्वल ठकुरीले हालै मात्र अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएको केही दिन नबित्दै फेरि विश्व रेकर्ड कायम गर्न सफल भएका छन् ।

“हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड “अमेरिकाको एउटा प्रसिद्ध पुरस्कार मात्र नभई अमेरिका भरि सर्वश्रेष्ठ खेलाडी चिनाउने लिजेण्ड पुरस्कार थियो । यो पुरस्कार अमेरिकन मार्शलआर्ट एशोसियसन द्वारा ९३ जना ख्याती प्राप्त खेलाडीहरुलाई प्रदान गरेको थियो । यो प्राप्त लगतै उज्ज्वल ठकुरीले “गिनिज बुक अफ वोर्ल्ड रेकर्ड” मा कसैले गर्न नसक्ने काम गरेर देशको नाम उच्च स्थानमा पुर्याएका छन् । साच्चिनै नेपालीबहादुर र निडर हुन्छन भन्ने कुरालाई प्रमाणित गर्दै देशको नाम उच्च स्थानमा राख्न उज्ज्वल ठकुरी सफल भएका छन् । उनले गिनिज बुकमा रहेको (Heavy Weight lift in a Vandam Style Lift (Male ) जसले ५० के.जी. को रेकर्डलाई तोडेर ६३.५८ के.जी. उठाई नयाँ विश्व रेकर्ड कायम गरि आफ्नो नाम सदाको लागी ” गिनिज बुक अफ वोर्ल्ड रेकर्ड” मा लेखाउन सफल भएका छन् ।

यो विश्व रेकर्ड कायम गर्न विशेष गरि साथ दिनुहुने HK Lee ताइक्वान्डो संचालक आदर्णिय ग्राण्ड मास्टर HK Lee, आदर्णिय अन्तरराष्ट्रिय प्रशिक्षक ६ डान मास्टर कृष्ण बहादुर बलाल, आदर्णिय ७ डान मास्टर साङ् इल् ह्वाङ, आदर्णिय प्रशिक्षक ३ डान राष्ट्रिय खेलाडी रसद मेलोर अनि सम्माननिय हाइ रेड बेल्ट मास्टर जेस्म ए रोल्लिङ जुनियर र दुई सानो ब्लाक्क बेल्टलाई पनि हृदय देखि धन्यवादको साथसाथै अर्को सहयोगी परिवार लि वूद एशोसियसन परिवारलाई पनि धन्यवाद ज्ञापन दिएका छन् ।

ठकुरीको जन्म काठमाडौंमा ४२ बर्ष पहिला भएको थियो । उनी काठमाडौंबाट अमेरिका १५ बर्ष अगाडी आएका थिए । उनले कराते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरि विभिन्न अवार्डहरु प्राप्त गरिसकेका छन् । जस मध्ये वोर्ल्ड टाईटल बेल्ट, वोर्ल्ड च्याम्पियन बेल्ट, दुईवटा राष्ट्रिय स्वर्ण पदक , दुईवटा अन्तरराष्ट्रिय कप त्यस्तैगरि दुईवटा अन्तरराष्ट्रिय सात फूटको ट्रफी लगायत विविध विधाका स्वर्ण पदक जिति सकेका छन् । करातेमा उनले आफ्नो ५ किसिमको अलग्गै विशेष आविष्कार गरेका थिए । जसमा “फाङ् काटामा”(America-kick International) अमेरिकन अन्तरराष्टिय खेलमा स्वर्ण कप हात पारे । त्यस्तै सोही खेलमा “फांग खुकुरी काटा” मा रजत पदक हात पारे भने अर्को आविष्कार “फांग ब्रेकिंग” मा विश्व वेल्ट उपाधी प्राप्त गरेका थिए । त्यस्तैगरि “Vandamm Style Heavy Belt lift” मा विश्व च्याम्पियन वेल्ट र सर्टिफिकेट द्वारा “कुरो बुशि वोर्ल्ड च्याम्पियन खेलमा” नर्थ क्यारोलिनामा सम्मानित भएका थिए ।

विश्व रेकर्ड कायम गर्न सफल खेलाडी उज्ज्वल ठकुरीले आगामी दिनमा अझै तिन किसिमको छुट्टा-छुट्टी विधामा “गिनिज बुक अफ वर्ल्ड रेकर्ड ” कायम गर्न आफु हरदम प्रायसरत रहेको र त्यसमा सफलता मिल्नेमा पुर्ण विश्वस्त भएको पनि बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा