२२ असोज, । दोस्रो हाफमा मैदान प्रबेश गरेर एक गोल तथा अर्को गोललाई सहयोग गरेपछी पोर्चुगलले विश्व कप अन्तर्गत अर्को जित निकालेको छ । पोर्चुगलले एन्डोरारालाई २-0 गोल अन्तरले हराएको हो ।
स्टार खेलाडी रोनाल्डोलाई वेन्चमा राखेर खेलिएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा मैदान प्रबेश गरेका रोनाल्डोले एक गोल गर्नुको साथै अर्को गोलका लागि पास उपलब्ध गराएका थिए । पोर्चुगलको लागि दोस्रो गोल भने आन्द्री सिल्भाले गरेका थिए ।
जितसगैँ पोर्चुगल २४ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा यथावत छ । भने शीर्ष स्थानको स्विट्जरल्यान्ड्को २७ अंक छ । पोर्चुगलले अर्को खेल स्विट्जरल्यान्ड सँग खेल्दै छ । विश्वकपमा सिधै छ्नोट हुन अर्को खेल जसरी पनि जित्नै पर्ने हुन्छ ।