Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

 ‘चोर्नी’ भनेर बालिकालाई कालोमोसो दलेको अभियोगमा सात पक्राउ



२२ असोज, विराटनगर । बालिकालाई कालोमोसो दलेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेलबारी–२ बस्ने ६२ वर्षीय कुलदीप दनुवार, २२ वर्षीया अनिता दनुवार, ४० वर्षीया दुर्गा चौधरी, २१ वर्षीय गोविन्द मगर, ४४ वर्षीया हर्कमाया थापा, ५२ वर्षीया मनकुमारी तामाङ र २७ वर्षीया वीरजङ्ग परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुले बेलबारी–२को देवीथान डाँडा बस्ने हेमकुमार परियारकी १४ वर्षीया छोरी सम्झनालाई अनुहारमा कालोमोसो दल्नुका साथै ‘यो चोर्नी’ हो भन्ने ट्याग समेत लगाइदिएर सो क्षेत्रमा परिक्रमा गराएका थिए ।

गत १९ गते अनिता दनुवारको घरभित्रको खाटमा राखिएको पर्सबाट रु ७०० ती बालिकाले चोरी गरेको आरोप उनीहरुको थियो ।

प्रहरीले उक्त घटनाको खबर पाउनासाथ बालिकालाई उद्धार गर्नुका साथै तीनजनालाई पक्राउ गरेको र अनुसन्धानपश्चात् थप चारजनालाई पक्राउ गरेको हो ।


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब