back

राप्रपा लमजुङबाट उम्मेदवार सिफारिस

वि.सं.२०७४ असोज २२ आइतवार

786 

shares

२२ असोज, बेँसीशहर (लमजुङ) । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, लमजुङले उम्मेदवार सिफारिस गरेको छ ।

राप्रपा लमजुङको शुक्रबार बसेको बैठकले संघ र प्रदेश सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तीन÷तीन जना उम्मेदवारको नाम सिफारिस गरेको हो । राप्रपाले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ केन्द्रीय सहमहामन्त्री हेमजंग गुरुङ, जिल्ला अध्यक्ष इन्द्रबहादुर मल्ल र उपाध्यक्ष ठाकुरप्रसाद गुरुङको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ केन्द्रीय सदस्य मदिना खातुन, जिल्ला उपाध्यक्ष रामबहादुर थापा र क्षेत्र नं. १ का अध्यक्ष देवीप्रसाद गुरुङलाई सिफारिस गरिएको पार्टी अध्यक्ष इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

राप्रपाले प्रदेशसभा सदस्य उम्मेदवारमा क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ जिल्ला सहसचिव खोमराज विष्ट, राइनास नगर अध्यक्ष राजेन्द्र लौडारी र जिल्ला कार्यसमिति सदस्य बुद्धीजंग गुरुङको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ जिल्ला पूर्व अध्यक्ष शंकरराज विष्ट, महिला संघ पूर्व केन्द्रीय सदस्य धनमाया गुरुङ र राइनास नगर उपाध्यक्ष खेम गुरुङको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ जिल्ला कार्यसमिति सदस्य नरेन्द्रराज ढुङ्गाना, क्षेत्र नं. २ का अध्यक्ष पद्मराज खनिया र मध्यनेपाल नगर अध्यक्ष चतुर्भुज घिमिरेको नाम सिफारिस गरिएको छ ।

यस्तै, समानुपातिकतर्फ केन्द्रीय सदस्य गोविन्दराज खनिया, जिल्ला उपाध्यक्ष रामचन्द्र अर्याल र पार्वती पौडेलको नाम सिफारिस गरिएको छ ।

वि.सं.२०७४ असोज २२ आइतवार ०३:२५ मा प्रकाशित

Himalayan Life AD
धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...

मृतकका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग

मृतकका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको...

चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव

चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव

काठमाडौँ । जेरियाट्रिक सोसाइटी अफ नेपालले राजनीतिक दल र स्वतन्त्र...

फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता नहुनुले भयरहित निर्वाचन हुनेमा सांसदको आशङ्का

फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता नहुनुले भयरहित निर्वाचन हुनेमा सांसदको आशङ्का

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी...

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा कडा नियमन गर्न चिकित्सक सङ्घको माग

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा कडा नियमन गर्न चिकित्सक सङ्घको माग

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दञ्तमञ्जनसहित मुख...

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपतिकतर्फको बन्दसूचीमा २५ देखि...