back

यस्ता छन् बाजुरामा तीन दलका उम्मेदवारहरु

वि.सं.२०७४ असोज २२ आइतवार

234 

shares
NTC AD
Global IME AD

२२ असोज, बाजुरा । आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाका लागि राजनीतिक दलहरूले उम्मेदवारको नाम टुंगो लगाएका छन् ।

जिल्लाका तीन ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेका हुन् ।

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेपाली काँग्रेसले बुधबारनै प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।

यसैगरी, माओवादी केन्द्रले बिहीबार २७ जना आकांक्षी उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रमा पठाएको पार्टी अध्यक्ष सहदेव बोगटीले बताउनुभयो ।

सिफारिस गरिएको सूचीमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कर्णबहादुर विकको नाम सर्वसम्मतबाट सिफारिस गरिएको छ । प्रतिनिधिसभामा सर्वसम्मत उम्मेदवार बनेका विक आपूर्ति राज्यमन्त्री हुनुहुन्छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ मनलाल खत्री, भरत बुढालगायतको नाम सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।

यसैगरी, प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट सहदेव बोगटी र विनिता विकको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ सातजनाको नाम सिफारिस गरिएको छ ।

यसैगरी, प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नम्बर २ मा पूर्णबहादुर अधिकारी र हिरेन्द्र बाँनियाको नाम सिफारिस गरिएको छ । समानुपातिकमा भने आठजनाको नाम केन्द्रमा पठाइएको छ ।

यसैगरी, नेकपा (एमाले) बाजुराले पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।
एमालेले शुक्रबार प्रतिनिधि सभाका लागि केन्द्रीय सदस्य लालबहादुर थापालाई सर्वसम्मत चयन गरेको छ ।

यसैगरी, समानुपातिकमा दयालबहादुर शाही, मीनबहादुर विष्ट, कासी विक, मनदेवी ओलीलाई सिफारिस गरेको छ ।

एमालेले निर्वाचन क्षेत्र १ मा प्रत्यक्षतर्फ निर्मला रोकाया, पूर्ण बहादुर रावत, वलदेव रेग्मी, राज बहादुर गिरी लगायतको नाम केन्द्रमा पठाएको प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिनुभयो ।

समानुपातिकमा नीरबहादुर शाही, नन्दबहादुर शाहीलगायतको नाम सिफारिस गरिएको छ । प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ चन्द्रबहादुर थापा, नरेश रोकाया, प्रकाश शाह, भरत थापा र बसुन्धरा रोकायाको नाम सिफारिस गरिएको छ ।

समानुपातिकमा कर्णबहादुर थापा, कासी नेपाली, रमेश नेपालीलगायतको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।

आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) र माओवादी केन्द्र आआफ्नै नेताको नाम सिफारिस गरेका छन् । एमाले–माओवादी केन्द्रबीच ६०÷४० को भागबण्डा भएपनि उनीहरूले आआफ्नै उम्मेदवारको नाम पठाएका हुन् ।

वि.सं.२०७४ असोज २२ आइतवार ०३:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...