back

युवा उपसंयोजक पदमा न्याय गर्न सक्छु भनेर नै मैले उम्मेदवारी घोषणा गरेको हुँ

वि.सं.२०७४ असोज २२ आइतवार

300 

shares
NTC AD
Global IME AD

raj-kumar-basnet-]

अबको एनआरएनए भनेको श्रमिक मैत्री हुनुपर्छ र सोहीसंग सम्बन्धित कार्यनितिहरु बनाउनुपर्छ । श्रमिकहरु मध्यपूर्व र मलेशियामा मात्र छैनन्, बिश्वका हरेक देशमा रोजगारका लागि बिदेशिएका नेपालीहरु श्रमिक हुन् भन्ने एक दृष्टिकोण माथिल्लो कार्यसमितिमा बस्ने नेतृत्वको हुनुपर्छ ।

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनले चयन गर्ने कार्यसमितिको मध्यपूर्व क्षत्रीय युबा उपसंयोजकमा बहराइनबाट राजकुमार बस्नेतले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले पत्रकार सम्मेलन गरी २०१७ देखी २०१९ सम्मको मध्यपुर्ब क्षेत्रीय युवा उपसंयोजक पदका लागि आफ्नो उमेद्वारी घोषणा गरेका हुन् । एनआरएनए बहराइनको पूर्वमहासचिव, नेपाली क्लब बहराइनका पूर्वसचिव समेत रहेका बस्नेत बहराइनमा विगत ६ बर्ष देखि रहँदै आएका छन् । पेशागतरुपमा चार्टर्ड एकाउण्टेण्ट रहेका उनी बहराइनमा सामाजिक व्यक्तित्वका रुपमा समेत परिचित छन् । उनीसँग संसारन्यूज डटकमले गरेको कुराकानी :-

raj-kumar

यहाँको गैरआवासीय नेपाली संघसँगको संलग्नता कहिले देखि हो ?
विगत पाँच वर्षदेखी गैरआवासीय नेपाली संघसँग संलग्न हुदै एनआरएनए बहराइनको २०१५–२०१७ कार्यकालमा महासचिब पदमा तथा बर्तमान एनआरएनए बहराइनको प्रमुख सल्लाहकार पदमा कार्यरत रहदै आएको छु ।

यहाँले मध्यपूर्व क्षेत्रीय युवा उपसंयोजकमा उम्मेदवारी दिनुभएको छ, यहाँले जित्ने आधार के छन् ?
युवाहरुको लागि केही गर्छु भन्ने आत्मबिश्वास र मध्यपुर्वमा रहेका सम्पूण अग्रज साथीभाई लगायत सम्र्पूणले मेरो प्रस्तावनाहरुलाई साथ र सहयोग गर्नुहुनेछ भन्ने जुन बिश्वास रहेको छ त्यहीनै जित्ने आधार हो जस्तो लाग्छ ।

यहाँको चुनावी प्रतिबद्धता के छन् ?
1)सरकारी निकायसंग समन्वय गरि बैदेशिक रोजगारीमा पठाउनुपुर्व पेशा एबम उक्त पेशामा उसको दक्षता हेरी कम्तिमा १ देखि ६ महिनासम्मको सिप सिकाइ अदक्ष युवालाई समेत अर्धदक्ष बनाई रोजगारीमा जाने बाताबरणको सिर्जना गर्न र सो अनुसारको भौतिक लगायतको व्यवस्था गर्न सम्बन्धित निकायसंग पहल गर्ने ।

२) मध्यपूर्व लगायतका ठाउँमा रहेका युबाहरुको व्यक्तिगत बिवरण (बायो डाटा) बैंक व्यवस्था गर्न पहल एबम समन्वय गर्ने जसले गर्दा नेपाल तथा विदेशमा रहेका कम्पनीहरुले आफ्नो आबश्यकता अनुसारको अदक्ष , अर्धदक्ष तथा दक्ष कामदार सहजरुपमा लिन सक्छन जसले कम्पनी तथा युवावर्ग दुवैलाई फाइदा पुग्छ।

३) विदेशको बसाइलाई बिट मार्दै नेपालमै गएर केहि गर्छु भन्ने जोश , जाँगर र सिप भएका युवाहरुलाई सुपथ र सहज रुपमा बैंकिंग कर्जा लगायत आवश्यक प्रशासनिक एबम प्राबिधिक सहयोगको लागि सरकार, सम्बन्धित निकाय एबम एनआरएनए मार्फत समन्वय एवं सहजीकरणको लागि पहल गर्ने ।

४) मध्यपुर्वमा रहेका नेपालीहरुमा भैपरि आउने आकस्मिक दुर्घटना , मृत्यु लगायतका अवस्थामा सहयोग पुराउनको लागि मध्यपुर्बिय आकस्मिक कोष गठन गर्नको लागि पहल गर्ने ।

५) बैदेशिक रोजगारीको बारेमा भ्रम र यथार्थता बारे युवा पुस्तालाइ जानकारी दिन र उनीहरुलाई सतर्कता अपनाउनको लागि नेपालको विभिन्न स्थानमा बैदेशिक रोजगारी साक्षरता कार्यक्रम लागि समन्वय तथा पहल गर्ने ।

६) मध्यपूर्वमा रोजगारीको शिलशिलामा आएका युवाहरुका बिच भाइचारा स्थापित गराउने उदेश्यले मध्यपूर्व स्तरिय खेलकुद, सांस्कृतिक कार्यक्रम लगायत अन्य विविध ज्ञानमूलक तथा सिपमूलक कार्यक्रमहरुको आयोजना गर्नको लागि मध्यपूर्वका परिषदहरुसंग समन्वय गरि बार्षिक कार्यतालिकाभित्र राख्नको लागि पहल गर्ने ।

पछिल्लो समय केही देशमा एनआरएनए भित्र विवाद र संघ भित्र बढ्दै गएको राजनीतिकरणलाई यहाँले कसरी हेर्नुभएको छ ?

एनआरएनए बिशुद्धरुपमा नेपाल र नेपालीका हितको लागि खोलिएको सस्था हो । हामी सबैको उदेश्य एउटै हो र यसलाई बिवादरहितरुपमा मिलेर अगाडि लैजानुपर्छ । बिबाद भन्दा पनि बहस र छलफल हुनुपर्छ जसले संस्थालाई अझ मजबुद बनाउन सहयोग गर्छ । सस्था कुनै व्यक्ति वा समूहको होइन र सिमित पहुच भएका व्यक्तिहरुको मात्र बन्नु हुदैन । एनआरएनए आफ्नो बिधान अनुरुप पूर्णरुपमा राजनैतिक, क्षेत्रिय, जातिय वा धार्मिकरुपबाट अलग रहि नेपाल र नेपालीको साझा चौतारी बन्नुपर्छ र त्यो बनाउने जिम्मेवारी हामी सबैको हो ।

सहमतिमा जानु पर्दा यहाँ आफ्नो उम्मेदवारी फिर्ता लिन सहमत हुनुहुन्छ ?
युवा उपसंयोजक पदमा न्याय गर्न सक्छु भनेरनै मैले उम्मेदवारी घोषणा गरेको हुँ । यसमा सम्पूण मध्यपूर्वका साथीहरुको साथ, सहयोग रहन्छ र यहांहरुलाई सहयोग गर्ने अवसर दिनुहुनेछ भन्नेमा म बिश्वस्त छु ।

यहाँले जित्नु भयो भने प्रतिबद्धता के गर्न चाहनुहुन्छ ?
नेपाल भित्र तथा नेपाल बाहिर रहेका रोजगारदाताहरु तथा रोजगारी खोज्नेहरु सबैको सुबिधाको लागि व्यत्तिगत विवरण ९बायो डाटा० बैंकको व्यवस्था गर्न पहल र समन्वय गर्ने, मध्यपूर्वीय आकस्मिक कोषको गठन गर्नको लागि पहल गर्ने, बैदेशिक रोजगारीमा जाने युवाहरुलाई सिप तथा भाष सिकाई कम्तिमा अर्धदक्ष बनाई पठाउने बातावरणको सृजना गर्न सम्बन्धित निकायमा पहल गर्ने ।
मध्यपूर्वमा लाखौँ नेपाली युवायुवती रोजगारका लागि पुगेका छन्, तिनीहरुका लागि एनआरएनएले कस्ता खालका कार्यक्रम ल्याउनु पर्ला भन्ने ठान्नुहुन्छ ?
सर्वप्रथम एनआरएनएले सरकार तथा सरोकारवालहरुसंग सहकार्य गरी बैदेशिक रोजगारीमा जानु पूर्व आवश्यक तालिम तथा सिप सिकाउनको लागि तालिम केन्द्र खोल्न पहल गर्नुपर्छ जसले आजको अदक्ष जनशक्तिलाई अर्धदक्षकोरुपमा पठाउनसक्ने वातावरणको सृजना होस् ।
दोस्रो, सरकार संगको सहकार्य (आजको दिनमा नागरिक लगानी कोष) संग जति सक्दो चांडो संचय कोष (पेन्सन) को लागि आवश्यक गृहकार्य सम्पन्न गरी उक्त कोष कार्यान्वयनमा ल्याउन पहल, सहकार्य र समन्वय गर्नुपर्छ ।
तेस्रो, बचत तथा लगानीको बातावरण सृजना गर्नको लागि एनआरएनए रेमिट हाइड्रो, एनआरएनए रेमिट मेट्रो, एनआरएनए रेमिट बैंक, एनआरएनए रेमिट लाइफ इन्सुरेन्स जस्ता प्रोजेक्टहरु चाडो भन्दा चाडो सञ्चालनमा ल्याउनुपर्छ । त्यस्तै अन्तमा बैदेशिक बसाईलाई बिट मार्दै नेपाल फर्केर केही गर्छु भन्ने युवा जोशलाई सुपथ, सुलभ र सरल ढंगले ऋण लगायतका बैंकिङ सुबिधा, प्राबिधिक सहयोग, परामर्श तथा प्रशिक्षणको व्यवस्थाको लागि सहयोग पुर्याउनको लागि छुट्टै बिभाग बनाई कार्यान्वयनमा ल्याउनु पर्दछ ।

मध्यपूर्वमा केही नेपाली संघसंस्थाहरुले एनआरएनएले उठाएका मुद्धाहरुमा असहमति जनाउने गरेका छन्, यसबारे के भन्नुहुन्छ ?

एनआरएनए बिश्वव्यापीरुपमा फैलिएको र आफ्नो बिधान अनुरुप सम्र्पूण नेपालीहरुलाई समेट्ने संस्था हो । तसर्थ भूगोल तथा परिबेश अनुरुप सबै ठाउका फरक फरक समस्या तथा मुद्धाहरु छन् । कुनै एक क्षेत्रका लागि उठान गरिएका मुद्धाहरु अर्को क्षेत्रमा हुबहु लागु हुन्छन् भनेर सोच्नु कदापी उचित हुदैन र हामी बिश्वव्यापी संस्थामा आवद्ध भइ सकेपछि अन्य क्षेत्रमा लागु हुने मुद्धाहरुलाई साथ र समर्थन गर्दै आफ्नो क्षेत्रको मुद्धाहरुलाई अगाडी बढाउदै यसमा पनि बिश्वव्यापी साथ र सहयोग जुटाउदै अगाडी लैजानुपर्छ । एनआरएनएमा अन्य क्षेत्रहरु संगै मध्यपूर्वका मुद्धाहरु पनि समेटिएका छन् र मध्यपूर्वको एनआरएनएले मध्यपूर्वकै परिवेशमा उठाएका मुद्धाहरुमा मध्यपूर्वका सम्पूर्ण संघसंस्थाहरुको साथ, सहयोग एवं सहमति छ भन्ने कुरामा म बिश्वस्त छु ।

एनआरएनएलाई सम्पूर्ण प्रवासी नेपालीको बनाउन कसरी सकिएला ?
सर्वप्रथम एनआरएनएलाई धनिहरुको सस्था भन्ने आजको भ्रम तथा जनमानसमा रहेको भनाई जुन छ त्यसलाई चिर्नको लागि एनआरएनएमा आबद्ध भएपछि एउटा सामान्य श्रमिकले के पाउने, उ किन आवद्ध हुने, उसको वर्तमान र भविष्यमा यसले कसरी फरक पार्न सक्छ तथा यसले उसलाई व्यक्तिगतरुपमा के कसरी सहयोग र सुरक्षित गर्न सक्छ भन्ने कुरा बुझाउन सक्नु पर्छ र सोही बमोजिमका कार्ययोजनाहरु, कोषहरु, समितिहरु बनाई बढि भन्दा बढि बिदेशिएका नेपालीहरुलाई समेटि यसलाई साझा चौतारीको बिस्तार गर्दै लैजान सकिन्छ ।

एनआरएनए आईसीसीमा कस्तो नेतृत्व आवोस् भन्ने चाहनुहुन्छ ?

सबैलाई र सबै क्षेत्रको प्रतिनिधित्व गर्न सक्ने, बिशेषत बैदेशिक रोजगारीका शिलशिलामा रहेका बहुसंख्यक नेपालीहरुनै एनआरएनए रहेको र यही क्षेत्रनै देशको प्रमुख आर्थिक मेरुदण्डकोरुपमा रहेको वर्तमान परिप्रेक्ष्यमा तथा यहि क्षेत्रमानै व्यापक समस्याहरु रहेको हुँदा बैदेशिक रोजगारीमा रहेका श्रमिकको हक, हित र अधिकारको लागि काम गर्ने श्रमिकमैत्री नेतृत्व आवोस भन्ने चाहना छ ।
एनआरएनएको भावि कार्यनीति कस्तो हुनुपर्दछ भन्ने सुझाव दिनुहुन्छ ?
अबको एनआरएनए भनेको श्रमिक मैत्री हुनुपर्छ र सोहीसंग सम्बन्धित कार्यनितिहरु बनाउनुपर्छ । श्रमिकहरु मध्यपूर्व र मलेशियामा मात्र छैनन्, बिश्वका हरेक देशमा रोजगारका लागि बिदेशिएका नेपालीहरु श्रमिक हुन् भन्ने एक दृष्टिकोण माथिल्लो कार्यसमितिमा बस्ने नेतृत्वको हुनुपर्छ । वचत र लगानीलाई प्रोत्साहन गर्ने र सम्र्पूण गैरआवासीय नेपालीलाई समेट्ने किसिमका प्रोजेक्टहरु ल्याउनु पर्दछ ।

वि.सं.२०७४ असोज २२ आइतवार ०८:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...