
नेपाल मगर संघ मलेसिया पेनाङ क्षेत्रिय इकाइ कमिटीको अध्यक्षमा युवराज राना चयन भएका छन् ।
अक्टोबर ८ का दिन नेपाल मगर संघ मलेसियाका निर्वतमान अध्यक्ष नर बहादुर पुनको उपस्थितिमा सम्पन्न भेलाले उपाध्यक्षमा वन लुङ्गेली मगर, सचिवमा देवान दुखी मगर, सहसचिवमा मिलन पुन, कोषाध्यक्षमा भमा पुलामी मगरलाई चयन गरेको छ भने सदस्यहमा सुजन मगर, सोम ब.राना मगर, निशु थापा, रमित पुलामी मगर, मिसन थापा मगर, सुमन मगर, जिवराज पुन मगर, खुम ब.थापा मगर, प्रमिशा श्रेष्ठ मगर, अशोक थापा मगर, टेक ब.लुङ्गेली मगर, तारा ब.राना मगर, थमन थापा मगर र हरि राना मगर लगायत रहेका छन् ।
त्यसैगरी संघको संरक्षकमा नर बहादुर पुन, विशेष सल्लाहकारमा झमन हिस्की मगर र सल्लाहकामा पवित्रा थापा मगर रहेका छन् ।
वि.सं.२०७४ असोज २३ सोमवार ०४:१० मा प्रकाशित