back

अब विद्यालयका बस चालकले अनिवार्य पोशाक लगाउनुपर्ने

वि.सं.२०७४ असोज २३ सोमवार

600 

shares
GLOBAL IME AD
NTC AD

२३ असोज, काठमाडौं । विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आइतबार ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।

दिनहुँ विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने चालकलाई पनि विद्यार्थीको जस्तै पोशाक लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । विद्यालयका बस चालकले विद्यार्थीसँगै अरू यात्रु पनि बोक्ने गरेको जनगुनासो आएपछि प्याब्सन, एनप्याब्सन, हिसान र ट्राफिक प्रहरीले चालकलाई अनिवार्य पोशाक लगाउनुपर्ने व्यवस्था गर्न लागेका हुन् ।

महाशाखाका प्रमुख खनालले पोशाकको प्रयोगसँगै विद्यालय र सार्वजनिक सवारी साधनका चालक छुट्याउन सहज हुने बताउनुभयो । महाशाखाले विद्यालयका बसमा क्षमताभन्दा धेरै विद्यार्थी ओसार्ने वा धेरै धुवाँ फाल्ने पुराना बसलाई कडा कारबाही गर्ने भएको छ ।

यस्तै बैठकमा सबै विद्यालयका बस एउटै रङ्गको बनाउनुपर्ने, विद्यार्थीलाई बिहान ९ बजेभन्दा पहिले नै विद्यालय पु¥याइसक्नुपर्ने लगायतको विषयमा समेत छलफल भएको थियो । हाल काठमाडौँ उपत्यकामा विद्यालय तथा कलेजका एक हजारभन्दा बढी बस सञ्चालनमा छन् ।

वि.सं.२०७४ असोज २३ सोमवार ०४:४१ मा प्रकाशित

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

फिक्कल (इलाम) । ठाडो स्वरुप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा...