कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले महान चाड बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत र छठको शुभकामाना आदानप्रदान कार्यक्रम सम्पन गरेको छ ।
गत ६ अक्टुबर शुक्रबारका दिन दोहा स्थित शालिमार रेष्टुरेन्टको सभाहलमा सम्पन उक्त कार्यक्रमा एनआरएनए कतारका द्धितिय उपाध्यक्ष एब कार्यवाहक अध्यक्ष सुदर्शन भट्टको सभापतित्व रहेको थियो भने नेपाली नियोग कतारका सहचारी रामबोल आचार्य प्रमुख आतिथी रहेका थिए ।
यसैगरी विषेश अतिथीहरुमा एनआरएनए आईसीसीका पूर्व उपाध्यक्ष सागर नेपाल, संघका निवर्तमान अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार विनेश तामाङ, सल्लाहकार क्रान्ति सिंह एनआरएनएका अग्रजहरु साथै कतारमा स्थापित सामाजिक,विभिन्न बैचारिक संघ(संस्थाहरु, जातीय, धार्मिक, जिल्ला संस्था, सांस्कृतिक संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु, व्यवसायीहरू, लमजुङ सेवा समाज कतारले आयोजना गरेको शुभकामना तथा साँस्कृतिक कार्यक्रमका लागि कतार आएकी अतिथी कलाकार लोक तथा दोहोरी गायिका मन्जु बि.क लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि नेपाली नियोग कतारका सहचारी रामबोल आचार्यले उपस्थिति सम्पूर्णलाई राजदुतावासको तर्फबाट नेपालीहरुका महान चाडपर्वको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए ।
यसैगरी एनआरएनए आईसीसीका पूर्व उपाध्यक्ष सागर नेपाल, एनआरएनए कतारका निवर्तमान अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार बिनेश तामाङ, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री अजिज अलि, प्रवासी नेपाली मंच कतारका कार्यवाहक अध्यक्ष द्रोण बहादुर बस्नेत, नेपाली जनप्रगतीशिल मंचका कार्यवाहक अध्यक्ष रकम ध्वज राई, एकता समाज कतारका अध्यक्ष लुमाकान्त पुन, अन्तर्राष्ट्रिय नेपाली समाज नयाँ शक्ति कतारका अध्यक्ष देव परियार, कतार जनमुक्ति मंच कतारका अमृत लिम्बु, नेशनल मंगोल अर्गनाईजेशन कतारका अध्यक्ष सन्जय आङदेम्बे, संघिय लिम्बुवान सामाजिक मंच कतारका महासचिव डम्बर लिवाङ, त्यसैगरी सम्पूर्ण मातृ संस्थाहरुको प्रतिनिधित्व गर्दै नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतार अध्यक्ष देबराज राई नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडे, नेपाली महिला समाज कतारकी अध्यक्ष सुस्मीता भुषाल तथा प्रदेश नम्बर एकबाट संखुवासभा सेवा समाज कतारका अध्यक्ष लोक राई, प्रदेश नम्बर तिनबाट दोलखा दोहा सम्पर्क मंच कतारका अध्यक्ष हरि खत्री, प्रदेश नम्बर चारबाट पर्वत युवा सेवा समाज कतारका अध्यक्ष चिन्तामणी पौडेल र प्रदेश नम्बर सातबाट सुदुर पश्चिम सेवा समाज कतारका सल्लाहाकार प्रेम चलाउनेले प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरुको प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्य राखेका थिए ।
लोक तथा दोहोरी गायिका मन्जु विकले आफ्नो शुभकामना लोक दोहोरी गीतहरुबाटै पस्केकी थिईन् । गित सँगसगै आफु पहिलो पटक कतार आएर पनि कतार स्थित नेपालीहरुको साझा संस्था एनआरएनए एनसीसी कतारले निमन्त्रणा गरेर यस्तो अवसर प्रदान गरेकोमा खुशी व्यक्त समेत गरेकी थिइन् । विकले जोशिलो पारामा आफ्नो दोहोरी गीतहरु प्रस्तुत गर्दै गर्दा नेपाली लोक सँस्कृती ठाडो भाकाका संरक्षक एबम बरिष्ठ लोक गायक स्व. भेडिखर्के साईलालाई स्मरण गर्दै ठाडो भाका गीत समेत प्रस्तुत गरिन् ।
यसैगरी स्थानिय कलाकार दामोदर न्यौपानेले ‘सुन साईली’ बोलको चर्चित गित गाएर उपस्थितिलाई ४० काटे पछि घरमै गएर परिवार सगँ रमाउने बनाए भने अमृत लिम्बुले पुर्बेली भाकाको गित प्रस्तुती दिएका थिए ।
सोहि अबसरमा शुभकामना मन्तव्य राख्ने क्रममा रेगिस्तानी कवि भनेर चिनिएका कवि तिर्थ संगम राईको रातो सल र कार्यसमिति सदस्य रेशम बस्नेतले चाड पर्वमा परिवारबाट शिर्षक कविता मार्फत उपस्थित सबैलाई शुभकामना दिएका थिए ।
एनसीसीका महासचिव बुधबल गुरूङको संचालन रहेको उक्त कार्यक्रममा सचिव युवराज शर्माले स्वागत मन्तव्यद्वारा सम्पुर्णलाई स्वागत गरेका थिए ।
कार्यक्रमको समापन गर्ने क्रममा एन सि सि कतारका कार्यवाहक अध्यक्ष एवं कार्यक्रम सभापति सुदर्शन भट्टले शुभकामना मन्तव्य दिदै कतारमा कृयाशील सम्पूर्ण संस्थाहरुसंग सहकार्य गर्दै संयुक्त रुपमा अझै भव्य कार्यक्रम गर्ने योजना भएतापनि एनआरएनए आईसीसीको विश्व सम्मेलन तथा आठौँ अन्तर्राष्ट्रिय महाधिवेशन नजिकदै गर्दा एनसीसी कतारका अधिकांश पदाधिकारीहरु नेपाल गएका कारण कार्यक्रम अझ वृहत् हुन नसकेको समेत जनाए । उनले आगामी दिनमा कतारका स्थापित सम्पुर्ण संघ–संस्थाहरु संग समन्वय गर्दै अत्यन्त व्यवस्थित ढंगले कार्यक्रमहरु आयोजना गर्न एनसीसी कतारको भूमिका रहने बताउदै उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गरे ।
वि.सं.२०७४ असोज २३ सोमवार ०८:५० मा प्रकाशित