Logo
१२ चैत्र २०७९, आईतवार
     Sun Mar 26 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रजातान्त्रिक पद्धति सुदृढ गर्न लोकतान्त्रिक गठबन्धन आवश्यक छ : अध्यक्ष राणा



२४ असोज, काठमाडौँ (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले मुलुकमा प्रजातान्त्रिक पद्धतिलाई सुदृढ गर्न लोकतान्त्रिक शक्तिबीच अहिले गठबन्धनको आवश्यकता भएको बताउनुभएको छ ।

चाबहिलस्थित पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राख्ने दल सबल र सक्षम भए मात्र प्रजातन्त्र संस्थागत हुने बताउनुभयो ।

मुलुकमा पछिल्लो पटक विकास भएको राजनीतिक ध्रुवीकरणलाई लोकतान्त्रिक गठबन्धनले सन्तुलन कायम राख्न प्रयत्न गर्नुपर्ने उहाँको भनाइ थियो ।

पार्टीका उपाध्यक्ष दीपक बोहराले मुलुकमा ठूला दलबीच समन्वय र सहकार्य हुन नसकेकाले अहिले वैदेशिक हस्तक्षेप बढ्दै गएको बताउँदै यस्तो अवस्थामा राष्ट्रियता र प्रजातन्त्रलाई संरक्षण गर्न लोकतान्त्रिक शक्तिबीच एकता र विश्वासको खाँचो आँैल्याउनुभयो ।

मुलुकलाई विकास र जनतालाई समृद्धितर्फ पु¥याउन सकेमा मात्र सामाजिक रुपान्तरण भई हिमाल, पहाड र तराईको एकतालाई बलियो बनाउन सकिने उहाँले बताउनुभयो ।

उक्त कार्यक्रममा रुपन्देही जिल्लाबाट विभिन्न दल परित्याग गरी सो पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागतसमेत गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । चलचित्र विकास बोर्डमा रिक्त रहेको सदस्य पदमा दुई चलचित्रकर्मी नियुक्त भएका छन्

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा