Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

स्वास्थ्य बीमा विधेयक पारित



२४ असोज, काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको तेस्रो बैठकमा ‘स्वास्थ्य बीमा विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक समाज कल्याण समितिको प्रतिवेदनसहितको सो विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मन्त्री पोखरेलले हुनेबाट लिएर नहुनेलाई दिने गरी स्वास्थ्य सेवासम्बन्धी अन्य निःशुल्क कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

सरकारी अस्पतालका सेवामा प्रभावकारिता र स्थानीय तहसम्म गरिब जनतालाई सुलभ र सहजरुपमा आधारभूत स्वास्थ्य सेवाका लागि सो विधेयक सहयोगी हुने सांसदहरुले बताउनुभयो । विधेयकअनुसार प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ ।

सांसदहरु केशवप्रसाद बडाल, शक्तिबहादुर बस्नेत, राजेन्द्रकुमार पाण्डे, गगनकुमार थापा, डिल्लीप्रसाद काफ्ले, मीना पुन, चूडामणि बिक जंगली, गुरुप्रसाद बुर्लाकोटी, प्रेम सुवाललगायतले छलफलमा भाग लिनुभएको थियो ।  (रासस)
–––


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा आवेदन भर्ने÷भराउने सम्बन्धी सूचना जारी