२४ असोज, इलाम : इलामको माई नगरपालिका–१० की ३२ वर्षीया अनिता पौडेलको आज विषालु सर्पको डसाईबाट ज्यान गएको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा उनलाई सोमबार राति सर्पले डसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पले डसेर घाइते भएकी पौडेललाई उपचारका लागि झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लगिएकामा उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ । (रासस)