Logo
१२ मंसिर २०७८, आईतवार
     Sun Nov 28 2021
E-paper
  English Edition
   Unicode
Logo

वामगठबन्धनलाई दुई तिहाइ मतले जिताउन भारतस्थित नेपाली संगठनहरुको अनुरोध



press-release-of-3-diffrent-org-from-bharat
नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बारे भारतमा रहेका नेपाली संस्थाहरुले संयुक्त विज्ञप्ती जारी गरेका छन् । अक्टोबर ९ का दिन प्रवासी नेपाली संघ भारत, अखिल नेपाली एकता मंच र अन्तर्राष्ट्रिय नेपाली समाज भारतले बैठक बसी संयुक्त रुपमा ४ बुँदे धारणा सार्वजनिक गरेका छन् ।
संघका महासचिव डम्बर रावल, मंचका महासविच चक्रबहादुर मलावी र समाजका केन्द्रीय सदस्य दीपक विकद्वारा जारी विज्ञप्तीमा उनीहरुले असोज १७ का दिन नेपालका प्रमुख कम्युनिष्ट पार्टीहरुः नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपाल बीच भएको सहमतिलाई ऐतिहासिक भएको बताएका छन् । उक्त सहमतिले वषौँ देखि एकता संघर्ष र रुपान्तरणको घोषित नीतिले सार्थकता पाएको विज्ञप्तीमा जनाइएको छ ।
आगामी संघीय तथा प्रादेशिक निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई बहुमत हासिल गरे मात्र सहमतिका सार्थकता रहने निष्कर्षका साथ त्यसका लागि आफ्नो सांगठनिक शक्तिलाई परिचालित गर्ने जनाइएको छ । साथै वामगठबन्धनलाई दुई तिहाइ मतले जिताउन आम नेपाली जनसमुदायसँग पनि अनुरोध गरिएको छ ।
विज्ञप्तीमा वाम गठबन्धन विरुद्ध विभिन्न शक्तिकेन्द्रहरुबाट हुन सक्ने चलखेल र दबाबलाई चिर्दै वाम एकतालाई सार्थक बनाउन शुभकामनासमेत व्यक्त गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय

काठमाडौं । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग व्यक्तिगत

फर्शुराम भुर्तेल,पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा माओवादी शक्ति पुर्नसंगठित हुँदै अघि

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा