आजको व्यास्त जीवनशैलीले गर्दा विभिन्न रोगहरु देखापर्ने गर्छन । ति मध्येका एक हुन् ग्यास्टिकको समस्या आजभोली प्रायजसो घरबाहिरको खानपानले गर्दा यो समस्याहरु निम्तिन्छ । यस्ता अव्यावस्थित, असन्तुलित खानपानको तरिकाले गर्दा ग्यास्ट्रिकको समस्या देखिन्छ । यसलाई सामान्य मानिएपनि कुनैबेला जटिल बन्न पुग्छ ।
यसका मुख्य कारणहरु
१. खानपान र जीवशैलीमा अनियमितता ।
२. चिल्लो, अमिलो, पिरो धेरै खानाले ।
३. समयमा खाना नखानु, धेरै खाना खानु ।
४. पानी कम पिउनु, पेय पदार्थको सेवन गर्नु ।
५. चिया, कफि धेरै पिउनु, फ्रिजको चिसो पिउनु ।
६. धेरै सोच्नु, समयमा नसुत्नु ।
७ . घरबाहिरको खानेकुरा खानु ।
ग्यास्ट्रिकबाट निम्तिने समस्याहरु
१.पेट ढुस्स हुने, वान्ता आउने ।
२. कम्मर दुख्ने, पाटाको जोर्नी दुख्ने ।
३. घाटीमा केही अड्केजस्तो हुने ।
४. पेट पोल्ने, छाटी पोल्ने, घाटी पोल्ने, सास फेर्न गाह्रो हुने ।
५. मुखबाट अमिलो पानी आउने ।
६. भोक नलाग्नु, खाना नपच्नु, पेटमा हावा भरेजस्तो हुनु ।
७. दिशा सामान्य नहुनु पखाला लागे जस्तो हुने ।
८. खाली पेट कम दुख्ने साथै खाना खानेवित्तिकै पेट दुख्ने ।
वि.सं.२०७४ असोज २५ बुधवार ०६:२४ मा प्रकाशित