Logo
२२ माघ २०७९, आईतवार
     Sun Feb 5 2023
E-paper
  English Edition
   Unicode
Logo

एमालेद्वारा उम्मेदवार सिफारिश



२५ असोज, रुकुम  : नेकपा (एमाले) ले पश्चिम रुकुमको प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको सिफारिश गरेको छ ।

सदरमुकाम मुसीकोटमा बसेको जिल्ला कमिटीको बैठकले पश्चिम रुकुमबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि छ जनाको नाम सिफारिश गर्नुपर्नेमा आकाँक्षी धेरै भएपछि २० जनाको नाम सिफारिश गरिएको एमालेका पूर्वजिल्ला अध्यक्ष ठगेन्द्रप्रकाश पुरीले जानकारी दिनुभयो ।

प्रत्यक्षतर्फ नौ र सामानुपातिकतर्फ ११ जनाको नाम सिफारिश गरिएको उहाँले बताउनुभयो । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ नारायण शाह, नन्दराम देवकोटा र विद्यापति रिजालको नाम सिफारिश गरिएको छ भने समानुपातिकतर्फ तीर्था गौतम, विमल पुन, सुरज परियार र गणेश केसीको नाम सिफारिश गरिएको छ ।

प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नं १ बाट ठगेन्द्र प्रकाश पुरी, माधव गौतम र डिला शाहीको नाम सिफारिश गरिएको छ । समानुपातिकमा गणेश केसी, देवी ओली र चन्द्रबहादुर विकलाई सिफारिश गरिएको छ । प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ धनराज खड्का, पुस्तक चन्द र टीका राणा तथा समानुपातिकतर्फ ऋषिप्रसाद शर्मा, कल्पना खड्का, खडक परियार र मानवीर घर्तीको नाम सिफारिश भएको छ । (रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक एकसाथ बसिरहेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

रेसुङ्गा । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा