back

चीनको टोली गुल्मीमा कृषि क्षेत्रको अध्ययन लागि आउँदै

वि.सं.२०७४ असोज २६ बिहीवार

549 

shares
GLOBAL IME AD
NTC AD

flag-china२६ असोज, गुल्मी । गुल्मीको ग्रामीण क्षेत्रमा कृषि क्षेत्रको सम्भाव्यता अध्ययनका लागि चीनको राज्यसभा मातहत रहेको अनुसन्धान विकास केन्द्रको उच्चस्तरीय टोली आउने भएको छ ।

नेपालको ग्रामीण भेगका कृषि क्षेत्रलाई आधुनिकीकरण र विकासका लागि यही असोज २७ गते मुसिकोट नगरपालिका–१ को पौदी क्षेत्रको सम्भाव्यता अध्ययनका लागि भोलि टोली आउँदै गरेको भर्माचौर नमूना एकीकृत कृषिफार्म मुसिकोट नगरपालिका–१ का सचिव दीनानाथ पौड्यालले जानकारी दिनुभयो ।

साथै, सचिव पौड्यालले भन्नुभयो, “उक्त दिन कृषि उत्पादनको संकलन तथा प्रदर्शन कार्यक्रम भएको हुँदा आआफ्नो गाउँघर तथा छरछिमेकमा कृषकले उत्पादन गरेका कृषिउपज तथा उत्पादित वस्तुलाई कृषि प्रदर्शनीमार्फत उत्कृष्ट कृषकलाई पुरस्कृतसमेत गरिने फार्मका सचिव पौड्यालले जानकारी दिनुभयो ।

यता नेपाली काँग्रेसका युवा नेता दामोदर भुसालले भन्नुभयो, “टोलीले जैविक कृषि प्रणालीको सम्भाव्यता र कृषि क्षेत्रमा नेपाल र चीनको सहकार्यका लागि सम्भाव्यता अध्ययन गर्नका लागि टोली आउने भएको हो ।”

उक्त अध्ययनका लागि चीनका आठजना विशेषज्ञसहितको टोली आउनेसमेत नेता भुसालले जानकारी दिनुभयो ।

चीन सरकारले उपलब्ध गराएको छात्रबृत्तिमा विद्यावारिधि गर्दै गरेका युवा नेता भुसालको विशेष पहल तथा त्रिवि वनस्पति विभागको आयोजना र स्थानीय भर्माचौर नमूना एकीकृत कृषि फार्म मुसिकोट–१ को समन्वयमा चीन सरकारको मातहतमा रहेको विकास अनुसन्धान केन्द्रको उच्चस्तरीय टोली गुल्मी तथा बाग्लुङको पौदी क्षेत्रमा अनुसन्धान, परीक्षण तथा सम्भाव्यता अध्ययनका लागि आउन लागेको भुसालले जानकारी दिनुभयो ।

वि.सं.२०७४ असोज २६ बिहीवार ०३:३७ मा प्रकाशित

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाडौँ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक...

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

काठमाडौँ । नेकपा एमाले विहादी गाउँपालिकाको अध्यक्षमा दुर्गाप्रसाद भुसाल सर्वसम्मतले...

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार...

कांग्रेस नेतृ आचार्यको निधन

कांग्रेस नेतृ आचार्यको निधन

दमौली (तनहुँ) । नेपाल महिला सङ्घ तनहुँकी पूर्वसभापति शशी आचार्यको...