२७ असोज, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीचको खेलमा हङकङले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ ।
हङकङ स्थित मिशन रोड ग्राउण्ड मोङ ककमा टस हारेर ब्याटिङ गर्न आएको घरेलु टोली हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रनको योगफल बनाएको थियो ।
हङकङका लागि जेके एटकिन्सनले सर्वाधिक ७६ रनको योगदान दिए । त्यस्तै तनविर अफजल ३८, बाबर हायात २९ रन, एहसान नवाज १६, निजाकत खान १२, वकास खान १४ रनमा पेभेलियन फर्केका थिए ।
बलिङतर्फ भने नेपालका लागि सन्दिप लामिछानेले तीन विकेट लिए । त्यस्तै करण केसी तथा बसन्त रेग्मीले दुई–दुई विकेट तथा सुशन भारीले एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।