back

हङकङद्वारा नेपाल पराजित, डिभिजन टु मा घटुवा हुने सम्भावना बढ्यो

वि.सं.२०७४ असोज २७ शुक्रवार

747 

shares

cricket
२७ असोज, काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको खेलमा हङकङसँग नेपाल ८३रनको भारी रनले पराजित भएको छ । हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३४।५ ओभरमा मात्र १११ रनमा समेटियो ।

ओपनर सागर पुन मात्र ३ रनमा आउट भएका थिए । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्का सँग मिलेर उपकप्तान ज्ञानेन्द्र मल्लले रन बनाउन खोजेतापनि मल्ल २१ रनमा आउट भए ।

लगत्तै दीपेन्द्रसिंह ऐरी पनि आउट भएपछि पारस खड्काले आरिफ शेखसँग नेपालको लागि केहि आश लाग्दो प्रर्दशन गरेका थिए तर, १८ औँ ओभरमा पारस आउट भएपछि नेपाल ६९ रनको स्थितिमा चार विकेट गुमाएको स्थितिमा पुग्यो ।

अन्त्यतिर विनोद भण्डारीले आक्रमक खेल प्रस्तुत गर्दै १ छक्का र २ चौकाको मद्दतले १८ रन बनाए पनिजितको लागि प¥याप्त हुन सकेन ।
हङकङका लागि जेके एटकिन्सनले सर्वाधिक ७६ रनको योगदान दिए । त्यस्तै तनविर अफजल ३८, बाबर हायात २९ रन, एहसान नवाज १६, निजाकत खान १२, वकास खान १४ रनमा पेभेलियन फर्केका थिए ।
बलिङतर्फ भने नेपालका लागि सन्दिप लामिछानेले तीन विकेट लिए । त्यस्तै करण केसी तथा बसन्त रेग्मीले दुई–दुई विकेट तथा सुशन भारीले एक विकेट लिए ।

वि.सं.२०७४ असोज २७ शुक्रवार ०८:२० मा प्रकाशित

Himalayan Life AD
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको...

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

कीर्तिपुर (काठमाडौँ) । आइसिसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत...

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड...