Logo
१२ मंसिर २०७८, आईतवार
     Sun Nov 28 2021
E-paper
  English Edition
   Unicode
Logo

माओवादी केन्द्रबाट १३ जना सिफारिश



maoist

२७ असोज, कालीकोट । नेकपा (माओवादी केन्द्र) कालीकोटले जिल्लाबाट प्रतिनिधित्व हुने सङ्घ र प्रदेश सभाका लागि उम्मेदवार छनोट गरेको छ ।

बिहीबार बसेको बैठकले सङ्घको प्रत्यक्षतर्फका लागि दुर्गाबहादुर रावत र ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई सिफारिश गरेको छ भने समानुपातिकतर्फ यशोदा न्यौपानेलाई सिफारिश गरेको छ ।

त्यसैगरी प्रदेशका लागि प्रदेश नं १ बाट धनजित शाही, अनन्त विक, गणेशबहादुर शाही, खेमबहादुर सिंहलाई सिफारिश गरेको छ भने समानुपातिकतर्फ कृष्णप्रसाद आचार्य, कृष्णकला शाही, राजकुमारी सिंहलाई सिफारिश गरेको नेकपा (माओवादी) का सरोज बोगटीले बताउनुभयो ।

त्यसैगरी प्रदेश नं २ बाट जीवनबहादुर बुढा, प्रकाश रोकाया र विष्णु विकलाई सिफारिश गरेको छ ।

यसअघि नेकपा (एमाले), नेपाली काँग्रेस, राप्रपा र राप्रपा (लोकतान्त्रिक), राष्ट्रिय जनमोर्चा, नेमकिपा र नयाँ शक्तिले पनि उम्मेदवारको टुंगो लगाइसकेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय

काठमाडौं । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग व्यक्तिगत

फर्शुराम भुर्तेल,पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा माओवादी शक्ति पुर्नसंगठित हुँदै अघि

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा