Logo
१६ मंसिर २०७८, बिहीबार
     Thu Dec 2 2021
E-paper
  English Edition
   Unicode
Logo

डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गरिने



scrub typhus

२८ असोज, काठमाडौँ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु र स्क्रबटाइफस पत्ता लगाउने कीट खरिद गर्ने तयारी गरेको छ ।

महाशाखाका निर्देशक डा भीम आचार्यले बाहिर हल्ला भएको जस्तो कीट अभाव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “निकै धेरै होइन, केही मात्रामा अभाव भएको छ, हामीले आपूर्तिमा पाँच÷पाँच हजार स्क्रबटाइफस पत्ता लगाउने कीट खरिदका लागि पत्राचार गरिसकेका छौँ, प्रक्रिया शुरु भइसकेको छ ।”

अघिल्लो वर्ष चार जनाको ज्यान लिएको डेंगु यो वर्ष दुई हजार २२ जनामा देखिएको छ । महाशाखाका अनुसार जनवरीदेखि हालसम्म १७ जिल्लामा देखिएकामा सर्लाही, महोत्तरी, धादिङ र चितवनमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । गत वर्षभन्दा धेरै संक्रमित भए पनि कसैको मृत्यु नभएको निर्देशक आचार्यले बताउनुभयो ।

गत वर्ष एक हजार ५०० व्यक्तिमा डेंगु देखिएको थियो । पानी परेन भने डेंगुका बिरामी घट्ने निर्देशक आचार्यले बताउनुभयो । उहाँले अब बढीमा १०० जनासम्म बिरामी देखिनसक्ने अनुमान गर्नुभयो ।

यसका कारण यो वर्ष नौ जनाको मृत्यु भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एक संचारमाध्यममा

प्रेम रौले । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी, हुद्दा र

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा