Logo
२२ माघ २०७९, आईतवार
     Sun Feb 5 2023
E-paper
  English Edition
   Unicode
Logo

जिसस नवलपरासीका दुवै जिल्लामा काँग्रेसको बहुमत



 

congresh-flag २८ असोज  , नवलपरासी । हालै ७७ जिल्ला कायम भई दुई जिल्लामा विभाजन भएको नवलपरासीका दुई वटै जिल्लामा भएको जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा प्रदेश नं ४ (नवलपुर क्षेत्र)को जिससको निर्वाचनमा पूरै प्यानलमा काँग्रेस विजय भएको छ भने प्रदेश नं ५ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला (परासी क्षेत्र)को जिससमा काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमको गठबन्धन विजयी भएको हो ।

निर्वाचनमा नवलपरासीको पूर्वी जिल्लाको जिसस प्रमुखमा काँग्रेसका चेसराम आले (बुलिङटार गाउँपालिका–१) र उपप्रमुखमा काँग्रेसकै शारदा विक (गैँडाकोट–५) विजयी भएका छन् । सदस्यहरुमा मुरारीबहादुर घिमिरे, बद्री सापकोटा, लक्ष्मीकान्त पाण्डे, मकरध्वज कुमाल विजयी भएका छन् ।

त्यसैगरी, महिला सदस्यमा ज्ञानुमाया शर्मा, खिमा सारु र तुलसीसरा सोमै मगर विजयी भएका छन् । उक्त जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् ।

नवलपरासी पूर्वी जिल्लामा काँग्रेसको बहुमत रहे पनि पश्चिम जिल्लामा काँग्रेसलाई बहुमत पु¥याउन एक मत अपुग भएपछि लोकतान्त्रिक फोरमलाई उपप्रमुख र एक महिला सदस्य दिने सहमति गरी निर्वाचनमा गठबन्धन भएको थियो ।

पश्चिम जिल्लाको जिसस प्रमुखमा काँग्रेस शिवशंकर राय (रामग्राम नगरपालिका–१२) र उपप्रमुखमा फोरम लोकतान्त्रिकका अब्दुल रहमान चुरिहार विजय हनुभएको छ ।

त्यसैगरी, सदस्यहरुमा कृष्णबहादुर मगर, बजरंगी कोइरी र राजेश यादव छन् । दलित तथा अल्पसंख्यकमा लक्ष्मी विक र महिला सदस्यमा चन्द्रकला शर्मा, उषा बन्जाडे र आशादेवी चौधरी विजयी भएका छन् । यस जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक एकसाथ बसिरहेको छ

टोकियो । जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

रेसुङ्गा । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको