Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

कञ्चनपुरमा कीटनाशक झुल निःशुल्क वितरण



२८ असोज, कञ्चनपुर ।  औलोको उच्च जोखिममा रहेका कञ्चनपुरका आठ वटा स्थानीय तहका ३८ वडाका बासिन्दालाई ९६ हजार ७७१ कीटनाशक झुल निःशुल्क वितरण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, ग्लोवल फण्ड र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा ग्रामीण विकास आधार संस्थाले झुल वितरण गरेको हो ।

औलोको संक्रमण बढी देखिएका स्थानीय तहका छनोटमा परेका वडामा निःशुल्क झुल वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक रवीन्द्र यादवले बताउनुभयो ।

“आठ स्थानीय तहका ३८ वडाका बासिन्दालाई औलोको जोखिमबाट जोगाउनका लागि दुईजनालाई एकका दरले झुल वितरण गरेका छौँ”, उहाँले भन्नुभयो ।

नेपाल औलो रणनीति सन् २०१४÷२०२५ ले लिएको उद्देश्यअनुरुप सन् २०१६ मा गरिएको सूक्ष्म वडास्तरीयकरणले उच्च तथा मध्यम जोखिममा देखिएका बासिन्दालाई झुल वितरण गरिएको हो ।

यसैगरी शुक्लाफाँटा नगरपालिकाका पाँच वडामा १५ हजार ५३६, लालझाडी गाउँपालिकाका तीन वडामा दुई हजार १४५, बेदकोट नगरपालिकाका तीन वडामा आठ हजार २४९ र बेलौरी नगरपालिकाका आठ वडामा २२ हजार ८९५ कीटनाशक झुल निःशुल्क वितरण गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले