Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

आठौं सम्मेलनको अहम् प्रश्न व्यक्ति कि संस्था ?



Nrna-8th-banner_final_full

व्यवहारत यो सत्य हो र थप सत्य के पनि हो भने यो एउटा विशुद्ध अभियान मात्र हो । यसले टुक्रा र अंशलाई जोडेर वा थुंगाहरुलाई उनेर माला बनाउन सक्छ । यो अभियानले विकासको ठेक्का लिएर सबै काम पुरा गर्छु भन्न सक्तैन र हुँदैन पनि । व्यक्ति व्यक्तिमा रहेको सीप, प्रविधि, ज्ञान, कला, सभ्यता र पूँजीलाई राष्ट्रको समृद्धिमा संयोजन गर्ने सम्मका कामहरु यसले गर्न सक्छ । त्यसैले यो भावना हो । लाप्राक बस्ति पनि आपतकाल व्यवस्थापनको भावनात्मक अभिव्यक्ति थियो । संस्थाका माध्यमबाट त्यसको व्यवस्थापनमा भैरहेका समस्यालाई हेर्दा र बुझ्दा पनि यो छर्लङ्ग हुन्छ । त्यसैले एनआरएनए अभियानलाई शुद्ध भावनासहितको निष्ठापूर्ण प्रतिबद्धताका रुपमा बुझ्न र बुझाउन अझै जरुरी देखिन्छ ।


आफू नजिकका मेडियामार्फत सम्भावित प्रतिस्पर्धीको मानमर्दन गर्ने पुरानो रोग अहिले पनि उत्तिकै देखिएको छ । नेतृत्व चयन अपरिहार्य भएकाले कमजोरीका बाबजुद् पनि नयाँ नेतृत्व निर्वाचित हुनै पर्दछ । काम र परिणाम देखाएर प्रतिस्प्रर्धामा आएकालाई छान्ने तथा धनीहरुको क्लव मात्र हो भन्ने स्थितिबाट थोरै भएपनि मुक्त पार्ने गरी नेतृत्व छान्न सके अभियानले आगामी दिन सहि बाटो पक्रन सक्छ । संगठन र नेतृत्व सँगै जोडिएको हुँदा यसमा ख्याल गर्ने अभिभारा अन्ततः अभियन्ताहरुकै हो ।

आजभन्दा १४ वर्ष अगाडि अर्थात् सन् २००३ मा ‘नेपालीका लागि नेपाली’ भन्ने भाव बोकेर स्थापना भएको गैरआवासीय नेपाली संघ एनआरएनए आज देखि आठौं विश्व सम्मेलनमा जुटेको छ । विश्व सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने हुँदा सम्मेलनको केही महिनाअघि देखि यसको रापताप बढेको छ । दुई कार्यकाल अध्यक्ष लिइसकेका शेष घले विधान अनुसार पुनः फर्कने सम्भावना नरहेको, नयाँ अध्यक्षका लागि घलेकै श्रीमती जमुना गुरुङ पनि उम्मेदवार बनेको र अन्य भवन भट्ट र टिबी कार्कीले पनि आफूलाई बलियो दाबेदारका रुपमा प्रचारप्रसार गरिरहेकाले पनि यो सम्मेलन बढी नै चर्चामा छ ।

विश्वभरीका नेपालीको साझा र छाता संस्थाको परिकल्पना सहित अघि बढेको एनआरएनएले संसारभरीका नेपालीको साझा संगठनका रुपमा स्थान भने लिइरहेको छ । साझा र छाताका लागि आवश्यक मानसिकता, संस्कृति र पूर्वाधार नभए पनि भावनाको छुटमा यसले स्थापित हुने मौका पाइरहेको छ । सन् २००३ मा झण्डै दुई दर्जन देशको प्रतिनिधि सहभागी गराएर यसको संस्थापक अध्यक्ष भैरहँदा डा. उपेन्द्र महतोले नेपालमा एक प्रकारको वैकल्पिक शक्ति त निर्माण गर्दै छैनन् भन्ने शंका कतिपय नेपालीहरुमा पलाउन पुगेको थियो । राजनैतिक दलका नेताहरुलाई उनले २० लाख बढि नेपालीको नेतृत्व गर्छु भनेर ठट्यौली पारामा महत्वकांक्षाको छनक पनि दिएकै हुन् ।
बुझाइमा अझै समस्या
सन् २००३ देखि सन् २०१७ सम्म आइपुग्दा संघ आफैले ७ सम्मेलन पार गरेर आठौंको चरणमा प्रवेश गरेको छ । यस क्रममा डा. उपेन्द्र महतो ३ कार्यकाल, देवमान हिराचन १ कार्यकाल, जीवा लामिछाने १ कार्यकाल र शेष घलेले २ कार्यकाल नेतृत्व लिइसकेका छन् । यहि बीचमा बागमतीमा पानी धेरै बगेको छ र बागमति सफाई महाअभियान पनि अगाडि बढिसकेको छ । दलहरुलाई दबाएर गरिएको शासनबाट लोकतन्त्र पुनस्र्थापनाको कोर्ष हुँदै देश गणतन्त्रमा आइपुगेको छ ।

यहि बीचमा प्रवासमा नेपालीहरुको सयौं संगठन संस्थागत भैसकेका छन् । गैरआवासीय नेपाली संघको संस्थागत विकासमा चासो दिने र सक्रियता देखाउन खोज्ने कयौं प्रवासी वौद्धिकहरुले संघभित्र आफ्नो भूमिकाका लागि अझै पनि रुचि सार्वजनिक गरिरहेका छन् । माटोको माया र देशको समृद्धिका लागि विदेश बस्ने नेपालीहरु जुर्मुराएका हुन् भन्ने आम नेपालीको मान्यता अझै पनि कायम छ ।

बाढी र प्राकृतिक प्रकोपका श्रंखला तथा देश, समाज, गाउँ र माटो सम्झेर गरिएका प्रवासी नेपालीका हैसेले भावनात्मक सम्बन्ध बलियो बनाएकै छ । आगलागीबाट घर गोठ जलेकालाई फलाना समाजको यति सहयोग भन्ने देखि गरिब असहायको उपचार, युवा क्लबलाई खेलकुदका सामाग्री, आमा समूहका भवन निर्माणका लागि सहयोग, लाइब्रेरीका परियोजनाहरु, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा हत्याको आरोपमा जेल परेका नेपाली युवा तथा युवतीका लागि लाखौं ब्लडमनि कलेक्सन मात्र नभएर महाविर पुनको आविष्कार केन्द्रलाई लाखौं सहयोग गर्दै समय र परिस्थिति अनुसार ठूला साना सामाजिक काममा गैरआवासीय नेपालीहरुले आफ्नो धर्म निर्वाह गर्दै आएका छन् र सामूहिक सँस्कृतिमा टेवा पनि पु¥याएका छन् ।

यति हुँदाहुँदै पनि गैरआवासीय नेपाली संघलाई बुझ्ने र बुझाउने विषयमा काफी समस्याहरु देखापरेका छन् । यसको जन्मभाव अनुसार निष्ठा र आचरण नभएकाले पनि यो समस्या उब्जेको देखिन्छ भने अर्कातिर आ–आफ्नो अनुकुलतामा यसको व्याख्या र उपयोगको प्रवृत्तिले बढवा पाउँदै गएको पनि देखिन्छ । प्रवृत्ति र समस्याहरु जे जस्तो आएपनि यसको निष्ठा र प्रतिबद्धता बढी महत्वको विषय हो । कसैले सत्ता वा राज्यकै हाराहारीमा बुझ्ने र बुझाउने, कसैले विकल्पका रुपमा उभिएको सम्प्रेषण गर्ने वा गराउने, कसैले धनीमानी र ठूलाबडाहरुको क्लब भएकाले दाता समूहका रुपमा मात्र बुझन÷बुझाउने तथा कसैले आफ्नो स्वार्थको लागि उपयुक्त ठाउँका रुपमा लिने संस्कृति पनि देखा परेका छन् । यसलाई धनी व्यापारीहरुको क्लबका रुपमा र विकासे संस्था वा गैरसरकारी दाता संस्थाका रुपमा नलिई विदेशमा रहेका नेपालीहरुको भावनात्मक एकता अभिवृद्धि गर्ने र देशको समृद्धिमा अपनत्व जोड्ने निष्ठासहितको साझा संगठनका रुपमा बुझ्न बुझाउन अझै मिहेनत गर्नुपर्ने देखिन्छ । व्यवहारत यो सत्य हो र थप सत्य के पनि हो भने यो एउटा विशुद्ध अभियान मात्र हो । यसले टुक्रा र अंशलाई जोडेर वा थुंगाहरुलाई उनेर माला बनाउन सक्छ । यो अभियानले विकासको ठेक्का लिएर सबै काम पुरा गर्छु भन्न सक्तैन र हुँदैन पनि । व्यक्ति व्यक्तिमा रहेको सीप, प्रविधि, ज्ञान, कला, सभ्यता र पूँजीलाई राष्ट्रको समृद्धिमा संयोजन गर्ने सम्मका कामहरु यसले गर्न सक्छ । त्यसैले यो भावना हो । लाप्राक बस्ति पनि आपतकाल व्यवस्थापनको भावनात्मक अभिव्यक्ति थियो । संस्थाका माध्यमबाट त्यसको व्यवस्थापनमा भैरहेका समस्यालाई हेर्दा र बुझ्दा पनि यो छर्लङ्ग हुन्छ । त्यसैले एनआरएनए अभियानलाई शुद्ध भावनासहितको निष्ठापूर्ण प्रतिबद्धताका रुपमा बुझ्न र बुझाउन अझै जरुरी देखिन्छ ।

nrna--8th-conference-i-n-ktm

उपेन्द्रले जस्तो नकरात्मकतालाई सकारात्मकतामा बदली हाल्न सक्ने उनको कला देखिदैंन । भावनाले मात्र होइन, व्यवहारले चल्नुपर्छ भन्ने घलेले यसबीचमा लाप्राक पुनर्निमाण, एनआरएनए भवन निर्माणको सुरुवाती र बागमती पार्क परियोजना तथा आपत एवम् उद्दारका घटनाक्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । गौरवमय इतिहासको कुरो दोहो¥याएर र भावनाको डोरीले बाँधेर मात्र यो अभियानको लक्ष्य प्राप्ति हुँदैन भन्ने घलेकै शब्द सार्थक बनाउन पनि उनले संस्थागत संस्कृतिमा जोड दिनै पर्छ ।

संस्था कि क्लब
गैरआवासीय नेपाली अभियान मूलत संस्थागत संस्कृतिमै समर्पित सामूहिक अभियान नै हो । यो जन्माउँदाका संस्थापक तथा यस्तो संस्था जन्मनु पर्छ भनेर आवाज उठाउनेहरुले संसारका लोकतान्त्रिक सभ्यता र अभ्यास यसैभित्र परिकल्पना गरेका थिए । डा.उपेन्द्र महतो, रामप्रताप थापा, जीवा लामिछाने, भीम उदास वा प्रोफेसर सूर्य सुवेदी लगायतहरुले एउटा साझा अवधारणा बनाएरै संस्थागत संस्कृतिको सपना साँचेका थिए । तर, व्यवहारमा यो देखिएन र आचरणमा रुपान्तरण भएन पनि । जसका कारण पैसो हुनेले मात्र नेतृत्व गर्न सक्ने र पाउने स्थिति बनिरह्यो । यसका अगुवा अभियन्ताहरुको नकारात्मक सोचबाट यस्तो स्थिति पैदा भयो भन्नु भन्दा पनि सुदुर भविष्यको खाका र सपना बनाएर संस्थागत संरचनामा जोड नदिएको चाहि सत्य नै हो । आवाज पहिले देखि नउठेको भने होइन । सबै सदस्य अभियन्ताहरुको सदस्यता र फण्ड व्यवस्थित गरेर संगठनको प्रणाली तथा सामूहिक संस्कृतिको संस्थागत विकास गर्नुपर्ने कुरामा ध्यान नपु¥याएको पनि प्रष्टै रह्यो । अन्ततः यसले संघलाई धनीहरुको क्लबका रुपमा परिभाषित गराउने मौका बढी दियो । व्यवहारमा पनि नेतृत्व श्रृंखला र एकाएक उदयका घटनाले यसलाई शंका थप्ने ठाउँ राखिदियो ।

उपेन्द्र देखि घलेसम्म
रुसमा पुगेर एकाएक अरबपति बनेको भनिएका डा.उपेन्द्र महतो एनआरएनए अभियान अगाडि खासै चर्चामा थिएनन् । उनी जुन रुपबाट चर्चाको शिखरमा आए त्यसमा उनले आफ्नो समय र पैसा दुवै खर्च पनि गरेका छन् भने सयौं अभियन्ताहरुको समय र खर्च पनि उनको उठानमा जोडिएको छ । अमेरिकामा रहेका डा. अम्बिका अधिकारी वा बेलायतमा रहेका प्राध्यापक सूर्य सुवेदीलाई पाँचै महादेशका नेपालीबीच पुग्न मन त थियो होला तर त्यो सम्भव रहेन । भीम उदास वा रामप्रताप थापासम्म यसैकारण बाहिरीनु प¥यो भनेपछि उपेन्द्र महतो हुँदै देवमान हिराचन र जीवा लामिछानेलाई प्रणालीका हिसाबले स्वभाविक मानियो पनि । अष्ट्रेलियाकै धनीका रुपमा उदाउँदै गरेका घले संगठनको प्रणालीसँग अभ्यस्त हुन नपाउँदै एनआरएनएको नेतृत्व लिन पर्ने स्थिति आइप¥यो । यस्तो स्थितिबाट यो अभियान अझै मुक्त हुन सकेको छैन । संस्थागत विकासको आवाजलाई ठाडै दमन नगरीए पनि व्यवहारमा उहि दोहो¥याइएको छ । शायद यहि कारणले होला, अबको शेष घलेको को होला ? पनि भनिँदैछ ।

उपेन्द्र र घलेको समानता भनेको एउटा कुरामा छ, त्यो हो यी दुवै पात्रहरु पैसाले शासन चलाउन सकिन्छ भन्ने कुरामा बढि विश्वास गर्छन् । यी दुवैमा अर्को समानता के पनि छ भने यी दुवै पात्रहरुले संस्थागत संस्कृति भन्दा तर्दथवाद बढि रुचाउँछन् । शुरुमा पेपरबाजीमा ध्यान नदिएको अनुभूति गराउन खोजेका घले पछिल्ला क्रममा आफ्नै संहिताबाट टाढीए । यस सम्बधमा भने उपेन्द्र महतो अलिक फरक पात्र नै हुन् । उनी चर्चामा कसरी आइन्छ भनेर खेलिरहने सक्ने मान्छे हुन् । रामप्रताप थापा र भीम उदासको बौद्धिकता र छवि तथा जीवा लामिछानेको आत्मीय साथ पाउन्जेल उनका कमजोरीहरु छरपष्ट भएका थिएनन् । उनलाई सहयोग गर्ने टिम हुँदाहुँदै पनि कहिलेकाहिँ उनी बतुराउथे यद्यपी उनीसँग एउटा खुबी के मा छ भने उनले नकारात्मक परिघटनालाई सकारात्मक बनाउन कोशिष गरी हाल्छन् ।

नेपालका जडिबुटी विज्ञ, उत्पादक, व्यवसायिक र कृषकसँग सरोकारै नराखी पतन्जली र रामदेवलाई नेपालमा संस्थागत रुपमै भित्र्याउने विषयमा नेपाली जनताले सन्देह बढाएका छन्, उनलाई । उनी आफैले लगानी गरेको प्रकाशन गृहबाट प्रकाशित दैनिक पत्रिकामा रामदेवको आगमन प्रक्रिया छरपष्ट भैसकेको छ । पछिल्ला घटनाक्रम केलाउँदा उनी लगभग सल्लाहकारविहिन हुन थालेको भन्ने आशंका बढाइएको छ । यद्यपी अभियानको यात्रामा भने सबैभन्दा महत्वपूर्ण योगदान अहिलेसम्म उनैको रहेको छ ।

शेष घले पनि पैसा र धन मात्र बोकेर नभई मन पनि बोकेर अभियानमा आएका हुन् । अरुका कुरा नसुन्ने, मुडी स्वभाव, पैसाले सबैकुरो हल गर्न सक्छ भन्ने मानसिकता र साँघुरो घेराबाट चल्ने उनको स्वभाव यो बीचमा प्रष्ट भैसकेका छन् । संगठनात्मक प्रणालीको अनुभव कम, कहाँ के बोल्ने भन्ने कुराको कमी र त्यसै चलिजान्छ भन्ने मान्यताका बीच पनि उनले गैरआवासीय अभियानमा राम्रै गुन लगाएको मान्न सक्नु पर्दछ । उपेन्द्रले जस्तो नकरात्मकतालाई सकारात्मकतामा बदली हाल्न सक्ने उनको कला देखिदैंन । भावनाले मात्र होइन, व्यवहारले चल्नुपर्छ भन्ने घलेले यसबीचमा लाप्राक पुनर्निमाण, एनआरएनए भवन निर्माणको सुरुवाती र बागमती पार्क परियोजना तथा आपत एवम् उद्दारका घटनाक्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । गौरवमय इतिहासको कुरो दोहो¥याएर र भावनाको डोरीले बाँधेर मात्र यो अभियानको लक्ष्य प्राप्ति हुँदैन भन्ने घलेकै शब्द सार्थक बनाउन पनि उनले संस्थागत संस्कृतिमा जोड दिनै पर्छ ।

डा. हेमराज शर्माले भनेजस्तो कन्फ्रेन्समा टुप्लुक्क आउने्, उम्मेदवारी दिने, धरौटी नै जफत भएकाहरु समेत अर्को सम्मेलनमा आइपुग्दा माथिल्लो पदमा उम्मेदवारी दिन समेत नहिच्किचाउने, फलानो दाइ र फलानो समूहको समर्थन भन्दै हुइँया मच्याउने प्रवृत्ति यसबीचमा बढ्दै गएका छन् । मतदाता नामावलीका लागि फर्म भर्नेदेखि पैसा हाल्ने, बाटो खर्च दिनुपर्ने र रिफ्रेसमेन्ट समेत गराउनु पर्ने प्रवृत्तिले एनआरएनएको चुनाव झन महँगो हुँदै गएको छ । त्यसबाहेक उम्मेदवारी दिने र बार्गेनिङ तथा मोलतोलबाट पैसो उठाउनेहरुले पनि उम्मेदवारी घोषणा गर्ने गरिएको पाइन्छ । गैरआवासीय अभियानले लोकतान्त्रिक संस्कृतिको विकासमा योगदान पु¥याउने जनअपेक्षा सम्बोधन हुने गरी निर्वाचनमा सभ्यता देखाउनु पर्दछ । गैरआवासीय नेपाली अभियानको मर्मबोध गर्ने हो भने अपारदर्शिता र विकृतिहरुको अन्त्य गर्न कत्ति ढिलाई गर्नु हुँदैन् ।

संस्थापकहरु निस्क्रिय
कुनैपनि संगठनको यात्रामा संस्थापकहरु निस्क्रिय हुने स्थिति आयो भने कुनै न कुनै प्रकारको गडबडी छ भनेर बुझ्नु पर्छ । जन्मँदाको भाव र निष्ठाको यात्रा बनाउनेहरुलाई अभियानकै वरपर निस्क्रिय रुपले बस्ने स्थिति आउन दिनु हुँदैन । कैयौं कमजोरी र महत्वकांक्षाका बाबजुद् डा उपेन्द्र महतो लगायतको अवमुल्यन वा कुनै प्रकारको निषेधले यो अभियान बलियो बन्दैन । डा. उपेन्द्र महतोदेखि भीम उदास, रामप्रताप थापा, जीवा लामिछाने, देवमान हिराचन मात्र होइन, पैसो नभएका कारण नेतृत्वमा पुग्न नसकेकाहरुलाई पनि खोजेर घलेले भूमिका दिनु पर्दथ्यो । घले व्यक्तिगत रुपमा आफैं छलछाम, तिकडम र निषेधका कुरा गर्ने संस्कृतिबाट आएका होइनन् र उनी त्यस्तो नहोलान् पनि । तर, संगठनमा उनले संगठनात्मक संस्कृति नदेखाएको कुरो शुरुमै कुमार पन्त र डा बद्री केसीहरुले राखेकै हुन् । ‘जमुनाको शासन’ भन्दै दिल गुरुङहरुको नाउँ समेत जोडिएकै थियो अर्थात् एउटा जातीय र सानो संर्किण घेराबाट घलेले गैरआवासीय अभियानको विविधतालाई व्यवस्थापन गर्न कठिनाइ पर्ने कुरो सार्वजनिक हुँदै आएको पनि हो । संस्थापक अभियन्ताहरुलाई मानमर्यादा दिएर बोलाउन धौ पर्ने स्थिति आइसकेपछि निकै महत्वपूर्ण मामिलाहरुमा समेत पुछ्न छोडिएकोले संस्थापकहरुको सक्रियता खासै नदेखिएको पनि भन्ने गरिन्छ । पछिल्ला दिनमा घलेले ल्याएको ‘भिजन ट्वान्टी–ट्वान्टी वियोण्ड’को सवालमा मात्र होइन, क्षेत्रीय भेलाहरु एवम् सरकारसँगका महत्वपूर्ण र औपचारिक भेटघाटमा समेत मौन निषेधको नीति अपनाइएकोले संस्थापकहरुमा पनि मौन निस्क्रियता बढेको हो भनिदैछ । यदि यो सत्य हो भने घले स्वयम् आत्मालोचित हुनुपर्दछ र भोलीको आफ्नो स्थितिका लागि पनि वातावरण सहज बनाउन सक्नुपर्दछ ।

निर्वाचन र सभ्यता
सिप, पुँजी, प्रविधि मात्र नभएर सभ्यताको विप्रेषण गर्ने अपेक्षा गरिएका गैरआवासीय नेपालीहरुबाट त्यसप्रकारको स्वभाव र आचरण नदेखिएको सत्य हो । प्रतिस्प्रर्धाबाट चुनावमा जाने वातावरण भन्नासाथ साम–दाम–दण्ड भेद सबै स्वभाविक मान्ने गरिएको छ । संसारका लोकतान्त्रिक देशमा रहेर ज्ञान, अनुभव र सीप बटुलेका गैरआवासीय नेपालीहरुले विधि प्रक्रिया र सभ्यतामा केही न केही नयाँपन सम्प्रेषण गर्नैपर्ने हुन्छ । तर, शुरुवाती देखिको यो अपेक्षा पूरा हुन सकेको छैन ।

पैसाको बलले चुनाव जितेर ठूलो पल्टिने, नेता र प्रशासकलाई हाउगुजी देखाएर माथिल्ला पदमा पुग्ने, नाङ्गो मपाईबाद प्रदर्शन गर्ने, दल, नेता, गुट, उपगुट र झुण्डहरुको फेरो समाउन तछाडमछाड गर्ने, सयौंको समर्थन देखाएर आफै हिरो घोषणा गर्ने खालका प्रवृत्तिहरु यसबीचमा देखिएका छन् । डा. हेमराज शर्माले भनेजस्तो कन्फ्रेन्समा टुप्लुक्क आउने्, उम्मेदवारी दिने, धरौटी नै जफत भएकाहरु समेत अर्को सम्मेलनमा आइपुग्दा माथिल्लो पदमा उम्मेदवारी दिन समेत नहिच्किचाउने, फलानो दाइ र फलानो समूहको समर्थन भन्दै हुइँया मच्याउने प्रवृत्ति यसबीचमा बढ्दै गएका छन् । मतदाता नामावलीका लागि फर्म भर्नेदेखि पैसा हाल्ने, बाटो खर्च दिनुपर्ने र रिफ्रेसमेन्ट समेत गराउनु पर्ने प्रवृत्तिले एनआरएनएको चुनाव झन महँगो हुँदै गएको छ । त्यसबाहेक उम्मेदवारी दिने र बार्गेनिङ तथा मोलतोलबाट पैसो उठाउनेहरुले पनि उम्मेदवारी घोषणा गर्ने गरिएको पाइन्छ । गैरआवासीय अभियानले लोकतान्त्रिक संस्कृतिको विकासमा योगदान पु¥याउने जनअपेक्षा सम्बोधन हुने गरी निर्वाचनमा सभ्यता देखाउनु पर्दछ । गैरआवासीय नेपाली अभियानको मर्मबोध गर्ने हो भने अपारदर्शिता र विकृतिहरुको अन्त्य गर्न कत्ति ढिलाई गर्नु हुँदैन् ।

participate-of-nrna-conference

कस्तो छ नेतृत्व सम्बन्धी प्रावधान
सन् २०१५ को अक्टोबरमा सम्पन्न ७ औं महाधिबेशनले पारीत गरेको विधानलाई परराष्ट्र मन्त्रालयले स्विकृत दिएपछि गैरआवासीय नेपाली अभियानमा संस्थागत संस्कृतिको ढोका उघारिएको मान्नु पर्दछ । नयाँ निर्माणको हकमा बाहेक संघको अध्यक्ष बन्नका लागि पनि आइसीसी वा एनसीसीको कुनै जिम्मेवारीमा १ कार्यकाल पूरा गरेको हुनुपर्ने प्रावधान राखिएको छ । परराष्ट्र मन्त्रालयद्वारा स्विकृत संशोधित विधान अनुसार अब आइसीसीमा १ अध्यक्ष, १ जना महिला सहित ३ उपाध्यक्ष, महासचिव १, कार्यक्षेत्र प्रष्ट तोकिएका २ जना सचिव, कोषाध्यक्षमा १, सहकोषाध्यक्ष १, मनोनित प्रवक्ता १, कम्तिमा ६ महिला संयोजक र उपसंयोजक तथा ६ क्षेत्रीय युवा संयोजक सहित सम्बन्धीत देशबाट पंजीकृत सदस्यको आधारमा निर्वाचित आइसीसी सदस्यहरु आइसीसीमा रहने व्यवस्था भनिएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय महाधिबेशन प्रतिनिधि सम्बन्धि व्यवस्था पनि गरिएको छ । जसअनुसार पंजीकृत सदस्य १ हजार भएका देशबाट १०० जना, २ हजार भएका देशबाट १२५ जना, ३ हजार भएका देशबाट १३८, ४ हजार भएका देशबाट १४६, ५ हजार भएका देशबाट १५२, १० हजार भएका देशबाट १७१, १५ हजार भएका देशबाट १८१, २० हजार भएका देशबाट १८९, ३० हजार भएका देशबाट १९९ र ४० हजार भएका देशबाट २०६ जना महाधिबेशन प्रतिनिधि हुने व्यवस्था गरिएको छ ।

यसैगरी पंजीकृत सदस्य संख्याको आधारमा आइसीसी सदस्य निर्वाचित गर्ने व्यवस्था गरिएको छ । जसअनुसार ५ हजार सम्म सदस्य संख्या भएका देशबाट ५ जना, ७ हजार भएका देशबाट ६ जना, १० हजार भएका देशबाट ७ जना, १४ हजार भएका देशबाट ८ जना, १९ हजार भएका देशबाट ९ जना र २५ हजार वा सो भन्दा बढी सदस्य भएका देशबाट १० जना आइसीसीको व्यवस्था गरिएको छ भने निर्वाचित कार्यसमितिलाई थप २१ जना केन्द्रीय सदस्य र बढिमा ११ जना सल्लाहकारको मनोनयन गर्ने अधिकार पनि दिइएको छ ।

नेतृत्व व्यवस्थापन तथा भोलीको झमेला कम गर्न उद्योग वाणीज्य महासंघको मोडेलमा वरिष्ठ उपाध्यक्षको पद कायम गरी पुनः संशोधन हुने चर्चा समेत सुरु भएका छन् ।

अबको अपेक्षा
गैरआवासीय नेपाली संघको १४ वर्षे इतिहास र यसको जन्म भावलाई मर्मबोध गरेर मात्र यसका अभियन्ताहरुले पाइला बढाउन जरुरी छ । यसको निष्ठालाई पक्रेर, साख बढाएर र स्वत्वलाई संकटबाट मुक्त गरेर आगामी कायभार किटानी गर्नु आम अभियन्ताहरुको उत्तरदायित्व बनेको छ । राष्ट्रको आवश्यकता, आवश्यकता बमोजिमको योजना र त्यस अनुरुपको संगठनात्मक प्रणाली, विधि–नीति र पद्धतिको बाटोबाट प्रष्ट दृष्टिकोण आउनै पर्ने भएको छ । व्यक्ति चर्चामा र संस्था मर्कामा पर्ने स्थितिबाट यो अभियानलाई मुक्त पार्नै पर्छ । २–३ प्रतिशतको पनि सहभागिता नपुगेको स्थितिमा ध्यान दिदैं सहज–सरल पहुँच एवम् संस्थागत विश्वसनियता आर्जन गर्न अझै सक्नुपर्दछ । गफ गर्ने मात्र होइनन् भावनाको विकास गर्र्दै समृद्ध नेपालका लागि हातेमालो गर्ने विश्वासीला संवाहक पनि हुन भन्ने मनोविज्ञान बढाउने गरी परीपक्व कार्ययोजना तय गर्नुपर्दछ । तर यस्तो वातावरणका लागि बौद्धिक व्यक्तित्वहरुको सहभागिता तर्फ अझै ध्यान पु¥याउनु पर्दछ ।

कहा“ पुग्ला त घलेको भिजन २०–२० ?
सन् २०१५ को सातौं सम्मेलनमा दोश्रोपटक पनि अध्यक्ष भएपछि घलेमा महत्वकांक्षा बढ्नु स्वभाविक थियो । गैरआवासीय नेपाली अभियान सामूहिक संस्कृति विकास गर्ने अभियान पनि भएकोले यसको नेतृत्वकर्ताहरु त्यसमा गम्भीर हुनुपर्दथ्यो । संस्थागत विकास र संरचनागत सुदृढीकरणका लागि छलफल नचलाइकन घलेले पेश गरेको भिजन ट्वान्टी–ट्वान्टी विवादास्पद् बन्न पुग्यो । मुख्य नेतृत्वकर्ताहरु र संस्थापकहरुबीच माइक तानातान गर्नुपर्ने स्थिति ल्याएको यो ट्वान्टी–ट्वान्टीलाई अमेरिकाको न्युजर्सी सम्मेलनमा पारित भएको भन्ने र छलफल मात्र भएको भन्ने विषय अहिले पनि थातिमै छ । जर्मनीमा भएको क्षेत्रीय सम्मेलन सम्म आइपुग्दा यसको नियत र प्रक्रियाका बारेमा ठूलो असन्तुष्टि सार्वजनिक भयो । उम्मेदवार घोषणा भएका धेरैजसोले घले भिजनलाई पास गराउँछु भनेका देखिन्छन् भने भित्रभित्रै ‘त्यस्तो पनि सम्भव छ र ?’ भन्दै प्रश्न समेत गरी रहेका पनि छन् ।

संस्थागत उपलब्धिको लागि परिवर्तनको खाँचो महशुस नगरिएको आरोपका साथ उनले एनआरएनएलाई व्यापारीक वा व्यवसायिक छविबाटै अगाडि लैजाने मत राखेका छन् । एनआरएनएको अवस्था नाजुक रहेकोले पुनसंरचनामा जानुपर्ने उनको दाबी पुष्टि गर्न खोजेको बताइएको छ । सदस्यतामा आधारित कार्यविधि र विश्वस्तरीय व्यवस्थापनको शब्द राखेर उनले नयाँ छनक दिन खोजेको मात्र छैनन्, निर्वाचित परिषद्को सचिवालयमा उच्च मानवसोत नियुक्ति देखि विदेशी विज्ञ समेत समावेश गर्न सक्ने प्रावधान राखेका छन् । अध्यक्षलाई संस्थाको प्राधिकार दिने गरी सचिवालयको कल्पना गरिएको र सिंगो अभियानलाई एकप्रकारको प्रतिष्ठानका रुपमा लान खोजिएको बताइएको छ ।

अभियन्ताहरुका बीच छलफलै नगरी स्वाट्सुट् पार्न खोजिएकोले यसका कतिपय सकारात्मक पक्ष समेत ओझेलमा पर्न सक्ने चिन्ता पनि बढेको छ । लोकतान्त्रिक विधिमा आएको भए सकारात्मक ढंगले अघि बढ्न सक्ने घले भिजन शैलीकै कारण अकर्मण्यतामा फस्छ की भनेर आशंका गर्न सकिन्छ ।

उधारो लगानी
एनआरएनएले विदेशमा सिकेको सीप, ज्ञान र प्रविधिका साथै लगानी पनि भित्र्याउने उद्देश्यले विभिन्न कार्यदलहरु बनाउँदै आएको छ । कार्यदलहरुले आफ्नो जिम्मेवारी अनुसार काम गरेको पाइँदैन । एनआरएनए भवन निर्माण र लाप्राकको नमुना बस्ती निर्माणलाई अध्यक्ष घलेले आफ्नो अस्तित्व बनाएका कारण पनि हुनसक्छ, यी कामहरु अघि बढेपनि अरु परियोजनाहरु रकम अभावकै कारण अघि बढ्न सकेका छैनन् । चर्चामा आउन लाखौँको रकम बोल्ने तर तिर्न इमान्दार नबन्दा करोडौँ रकम एनआरएनएको खातामा बेरुजु देखिएको छ । अझ वैदेशिक रोजगार राहत कोषमा बोलिएको र उठेको रकम हेर्दा एनआरएनए श्रमिक मजदुरको समस्याप्रति चिन्तित छ भन्न सकिने अवस्था देखिँदैन । पदाधिकारी समेतले आफूले बोलेको रकम दिएका छैनन् । जब नेतृत्व नै इमान्दार बन्न सक्दैनन् भने अरुले के सिको गर्लान् ? सम्मेलन अघि बोलिएका रकमहरु उठाउन पहल गर्ने हो भने सम्भव छ । बोलेको रकम नबुझाउनेहरुले सम्मेलनमा सहभागी हुन नपाउने समेतको नैतिक व्यवस्था गर्ने हो भने बेरुजु देखिएका थुप्रै रकम उठाउन सकिन्छ ।

समावेशितामा जोड
एनआरएनए अभियानमा महिला सहभागिता नगन्य देख्न सकिन्छ । अष्ट्रेलियाबाट इन्द्रा वन, रुसबाट सपिला राजभण्डारी, जानकी गुरुङ, रन्जु वाग्ले, यास्मिन बेगम, बेल्जियमबाट रजनी प्रधान, संगिता मरहट्ठा, शुष्मा राईहरु एनआरएनए अभियानमा सुनिने गरेका महिला हुन् । डा. उपेन्द्र महतोकी श्रीमती डा. समताप्रसाद, जीवा लामिछानेकी श्रीमती विन्दिता लामिछाने र शेष घलेकी श्रीमती जमुना गुरुङ अहिलेसम्म श्रीमानलाई सघाउने गरी पोशाकमा सजिने गरेका अनुहार हुन् । तर रुन्जु वाग्लेले प्रवक्ता बनेरै आफ्नो कार्यकाल सम्पन्न गरेकी छिन् ।

एनआरएनए भित्र महिला सहभागिता रहेको देखाउन महिला विभाग गठन गरिएको छ तर पदाधिकारी तहमा पुगेर काम गर्ने अवसर अहिलेसम्म पाएका छैनन् । डा. विष्णुमाया परियार जस्तो अन्तर्राष्ट्रिय रुपमै स्थापित महिलाहरुले निरन्तर क्रियाशिल भएर नेतृत्व दिएका छैनन् । तर जति जिम्मा पाएका छन् त्यसलाई दिलै देखि लागेर सम्पन्न गरेका छन् । वैदेशिक रोजगारीमा घरेलु कामदारका रुपमा रहेका नेपाली महिला दिदीबहिनीहरुको समस्यालाई उठाउन र समाधान गर्न पनि अब पदाधिकारी तहमै महिला नेतृत्व आउन जरुरी देखिन्छ । यो पटकदेखि महिला उपाध्यक्ष चयन गर्ने थालनीलाई राम्रो सुरुवात गरिएको मान्नुपर्दछ । महिला नेतृत्व माथिबाट स्थापित भएमात्र एनसीसीमा महिला सहभागिता बढ्ने अपेक्षा गर्न सकिन्छ ।

करोडौँको खर्च
पाँच तारे होटलमा कार्यक्रम हुने र बेलुका महँगा रक्सिसहित हुने डिनरले एनआरएनए सम्मेलन महँगो हुने गरेको छ । यसपटकको सम्मेलनमा रजिस्ट्रेसन, प्रायोजकलगायतबाट करिब २ करोड रुपैयाँ आम्दानी हुने र १ करोड रुपैयाँभन्दा बढी खर्च नगरिने अध्यक्ष घलेको भनाई रहे पनि यो सम्मेलन यसअघिका भन्दा तीन गुणा बढी खर्च हुने देखिन्छ । त्यसमा अझ उम्मेदवारहरुले प्रचारप्रसारमा गर्ने खर्च जोड्ने हो भने ५ करोड नाघ्ने सम्मेलनमा सहभागीको भनाइ छ ।
नयाँ कार्यसमितिमा १३ पदका लागि चुन्ने ३५ सदस्यीय कार्यसमितिका लागि थुप्रै आकांक्षी भएका कारण यो निर्वाचनमा पैसाको चलखेल पनि ठूलो हुने देखिएको छ । साथै भित्रभित्र जातीय रुपमा भोट माग्ने र राजनीतिक रुपमा प्यानल बनाएर मत मागिएका कारण यो निर्वाचनमा साम, दाम, दण्ड, भेद सबैको प्रयोग हुने अवस्था देखिएको टिप्पणी आमरुपमा गरिएको छ ।

नयाँ कार्यसमितिमा चयन हुन उम्मेदवारहरुले करोडौँको खर्च हुने अनुमान गरिएको छ । केही उम्मेदवारले जातीय मत प्रयोग गरेको सुनिन आएको छ । उम्मेदवारले टिकट खर्च गरेर सम्मेलनमा त्यस्ता मान्छेहरुलाई ल्याएको स्रोतले बताएको छ । त्यसैगरी उम्मेदवारहरुले आउने टिकट खर्च मात्र नभएर काठमाडौँमा होटलमा बस्दा लाग्ने खर्चका साथै कतिले त पकेट खर्चको समेत व्यवस्था गरेको पनि स्रोतले बताएको छ ।

अहम प्रश्न व्यक्ति की संस्था
नयाँ कार्यसमितिको अध्यक्षमा अध्यक्ष घलेले आफ्नै श्रीमतीलाई उम्मेदवार बनाएपछि व्यक्ति कि संस्था ? भन्ने अहम् प्रश्न बनेको छ । अध्यक्ष घलले एनआरएनएलाई व्यक्तिगत बनाएको भन्ने आरोप लाग्दै आएको बेला आफ्नो कार्यकाल पछि पुनः श्रीमतीलाई अध्यक्षको उम्मेदवार बनाउनुलाई केहीले एनआरएनएलाई ‘घले एण्ड कम्पनी’ भन्ने टिप्पणी समेत गरेका छन् । घलेले आफूले थालेका कामहरु सम्पन्न गर्न र एनआरएनए अभियानमा साथसाथ रहन श्रीमती घलेलाई अध्यक्ष बनाउन चाहेको अनुमान पनि गरिएको छ । साथै कतै आफूले थालेका काम अपुरै रहने त होइनन् भन्ने संस्थाप्रतिको उनको आगाध समर्पणका कारण पनि उनले अध्यक्षमा श्रीमती रोजेको हुनसक्छ । तर संस्था भनेको व्यक्ति होइन भन्ने हेक्का भने उनले राख्नै पर्दछ । संस्थामा नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ तर नेतृत्वमात्र सबल भएर हुँदैन संस्थाका अन्य पदाकाधिकारी तथा सदस्यको सहयोग र सद्भाव खोजिएन र एकल रुपमा बढ्न थालियो भने असहयोग र आशंका त्यहिबाट उब्जन्छ । एनआरएनए सम्पूर्ण प्रवासी नेपालीको साझा संस्था भएकाले पनि एकल नेतृत्व र सक्रियताले यसको लक्ष्य भेट्टाउन सक्दैन ।

अभिभारा अन्ततः अभियन्ताहरुकै

यस्तै अन्य उम्मेदवारको चर्चा परिचर्चा गरिरहँदा अध्यक्षका दाबेदार मध्ये भवन भट्टको व्यक्तित्व र शसक्तताका बीच पनि उनलाई विवि एयरवेजको परियोजना सार्वजनिक मात्र गरेको, पूर्वाधार विकास कम्पनी अगाडि बढाउन नसकेको र चुनावका बेला मात्र बढि तात्ने गरेको प्रतिक्रिया सार्वजनिक हुँदै आएका छन् भने अध्यक्षको उम्मेदवारी दिने चर्चामा रहेका टीबी कार्कीलाई मेनपावर व्यवसायसँग जोडिदै आएको छ । जीवासँग व्यवसायिक पार्टनर रहेका र अभियानमा छिटो मौका पाएको भनिएका कुमार पन्त पछिल्लो पटक भवनसँग लहसिएको बताइएको छ । यदि यो पटक भवनलाई मौका नदिए उनी एनआरएनए अभियानबाट बाहिरने अवस्था हुने हुँदा आगामी सम्मेलनले विशिष्ठ उपाध्यक्षको पद सिर्जना गरी पन्तलाई लाने आन्तरिक सहमति भएको पनि स्रोतले बताएको छ । घलेलाई घेरामा राख्ने पात्रका रुपमा चित्रित जमुना घलेको लागि भने पर्ख र हेरको रणनीति रहेको बताइन्छ । सकभर मिलाउने, नभए अरुलाई लडाएर जमुनालाई ल्याउन प्रयत्न गर्नेको संख्या पनि बलियो नै छ । आफू नजिकका मेडियामार्फत सम्भावित प्रतिस्पर्धीको मानमर्दन गर्ने पुरानो रोग अहिले पनि उत्तिकै देखिएको छ । नेतृत्व चयन अपरिहार्य भएकाले कमजोरीका बाबजुद् पनि नयाँ नेतृत्व निर्वाचित हुनै पर्दछ । काम र परिणाम देखाएर प्रतिस्प्रर्धामा आएकालाई छान्ने तथा धनीहरुको क्लव मात्र हो भन्ने स्थितिबाट थोरै भएपनि मुक्त पार्ने गरी नेतृत्व छान्न सके अभियानले आगामी दिन सहि बाटो पक्रन सक्छ । संगठन र नेतृत्व सँगै जोडिएको हुँदा यसमा ख्याल गर्ने अभिभारा अन्ततः अभियन्ताहरुकै हो ।

उम्मेदवार को को छन् ? यहाँबाट हेर्नुहोस्

 साख गुमाउँदै एनआरएनए


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । नेपाली सेनाले अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको