Logo
२२ माघ २०७९, आईतवार
     Sun Feb 5 2023
E-paper
  English Edition
   Unicode
Logo

जमुना घलेलाई जनसम्पर्क समिति जर्मनीको समर्थन



shikhar-khadka
२८ असोज, काठमाडौँ । गैरआवासीय नेपाली संघको आज देखि सुरु भएको गैरआवासीय नेपाली संघको नयाँ अध्यक्षको उम्मेदवारको रुपमा जमुना घलेलाई समर्थन गर्ने जनाएको छ । नेपाली जनसम्पर्क समिति जर्मनीका अध्यक्ष शिखर खड्काले वक्तव्य जारी गर्दै गैरआवासिय नेपाली संघको आठौ बिश्व सम्मेलनको निर्वाचनमा अध्यक्षमा जमुना घलेलाई कांग्रेसको आधिकारी उम्मेदवार घोषणा गर्नसमेत माग गरेका हुन् ।

खड्काद्वारा जारी विज्ञप्तीमा “गत ४ बर्ष देखि शेष घलेलाई गैर आवासिय नेपाली संघको बिश्व सम्मेलनमा नेपाली कांग्रेसको औपचारीक उम्मेद्वार बनाउदै आएकोले यस पटक जमुना घलेलाई नै कांग्रेसको अधिकारिक उम्मेद्वार घोषणा गर्न हार्दिक अनुरोध गर्दछु” भनिएको छ ।

नेपाली जनसम्पर्क समिति जर्मनीको पुर्ण साथ सहयोग र समर्थन रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्, वक्तव्यमा भनिएको छ “गैरआवासिय नेपाली संघमा२०१७– २०१९ कार्यकालको नेतृत्वको लागी भएको प्रतिस्प्रधामा पहिलो पटक एक सफल महिला जमुना घलेको उम्मेद्वारीले सम्पुर्ण गैरआवासिय नेपालीहरुमा धेरै उत्साहका साथ महिला जागरण तथा महिला शसक्तिकरण र सम्पुर्ण गैरआवासिय नेपालीहरुको हक हित तथा आधिकारको संरक्षण गर्न ७७ मुलुकमा रहने ५० लाख नेपालीहरुको भावानालाई बुझेको र जोड्न सक्ने सक्षम योग्य नेतृत्व दिन सक्ने उम्मेद्वार जमुना घले भएकोले यसै बिज्ञप्ति द्वारा नेपाली जनसम्पर्क समिति जर्मनीले पुर्ण साथ सहयोग र समर्थन गर्दछ ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक एकसाथ बसिरहेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

रेसुङ्गा । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा