उद्धव मगर दोहा, कतार
अक्टोबर १३ का दिन रामेछाप दोहा सम्पर्क समाज र तामाङ सेवा समाजले समस्यामा परेका रामेछाप जिल्ला वेथान गा.वि.स वार्ड नं. ५ की रेजिना तामाङलाई संयुक्त रुपमा आर्थिक सहयोग गरेको छ ।
विगत २८ महिनाबाट अल नेहायह कम्पनीमा कार्यरत रेजिना तामाङले विगत ४–५ महिनासम्म पनि तलब नपाएकोले दैनिकीमा समेत समस्यामा परेकोले प्रवासी तामाङ सेवा समाजमा आबद्ध सदस्यहरु र रामेछाप दोहा सम्पर्क समाजका सदस्यहरुले आर्थिक सहयोग संकलन गरी तामाङलाइ कतारी रियाल १४०० सय आर्थिक सहयोग गरिएको हो ।
तामाङ सेवा समाज र रामेछाप दोहा सम्पर्क समाजका सचिव ललितकुमार तामाङको विशेष पहल र तामाङ सेवा समाजका पुष्पता तामाङको सकृयतामा उक्त रकम सहयोग गरेको हो ।
पिडितका अनुसार यस विषयमा नेपाली राजदूतावासलाई पनि जानकारी भइसकेको छ । राजदूतावासले पनि कम्पनीको मालिकसँग कुराकानी भएको र आगामी १५ दिनभित्र आफूलाई घर पठाइदिने प्रक्रिया अगाडी बढेको भन्ने जानकारी दिएको तामाङले बताइन ।