back

जनप्रतिनिधिलाई तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण

वि.सं.२०७४ असोज ३० सोमवार

309 

shares

३० असोज, लहान । सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई आइतबार सुशासन र तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको छ ।

नवनिर्वाचित पदाधिकारीको स्वागत तथा सम्मानमा समग्र विकास सेवा केन्द्रले आयोजना गरेको सुशासनका लागि सकारात्मक सोच कार्यक्रममा तनाव व्यवस्थापन विशेषज्ञ डा राजु अधिकारीले सुशासन प्रवद्र्धन तथा तनाव व्यवस्थापनका विषयमा जनप्रतिनिधिलाई सहजीकरण गर्नुभयो ।

दैनिक जीवनमा गरिरहेको तथा गर्ने कार्य, अति व्यस्त जीवनशैली र हासिल गर्न खोजेको लक्ष्यबीच तालमेल नहुँदा दिनहुँ अनुभूति भइरहेका तनावलाई व्यवस्थापन गरी शान्ति र सुशासन कायम गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा लहान नगरपालिकाका प्रमुख, उपप्रमुख तथा २५ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यको उपस्थिति रहेको थियो ।

बदलिँदो परिस्थितिमा स्थानीय तहलाई महत्वपूर्ण अंगका रुपमा स्थापित गरिएकाले जनप्रतिनिधिलाई तनावबाट मुक्त गरी सुशासन प्रवद्र्धन गर्न प्ररित गर्न कार्यक्रमको आयोजना गरिएको समग्र विकास सेवा केन्द्रका अमर अधिकारीले जानकारी दिनुभयो ।

वि.सं.२०७४ असोज ३० सोमवार ०३:१६ मा प्रकाशित

तीन वर्षमा पूरा गर्नुपर्ने बेनी अस्पतालको भवन आठ वर्षमा पनि बनेन्

तीन वर्षमा पूरा गर्नुपर्ने बेनी अस्पतालको भवन आठ वर्षमा पनि बनेन्

म्याग्दी । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको...

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

लुम्बिनी । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप...

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर...

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश...

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री...

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला (सिमकोट) । खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई...