Logo
११ चैत्र २०७९, शनिबार
     Sat Mar 25 2023
E-paper
  English Edition
   Unicode
Logo

ठगी गर्ने तीन जना काठमाडौँबाट पक्राउ



३० असोज, काठमाडौँ : फेसबुकमार्फत बेलायतीका नाममा प्रोफाइल तयार गरी नेपालका विभिन्न व्यक्तिलाई ठगी गर्ने तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

बेलायतीको पेसबुक बनाई बहुमूल्य सामान, बेलायती पाउन्ड तथा अमेरिकी डलर समेत पठाइदिन्छु भन्ने र सो सामान भारतको राजश्व कार्यालयमा रोकिएको र उक्त सामान प्राप्त गर्न भारत सरकारको नियमानुसार विभिन्न कर तिर्नुपर्ने भनी आइएमीमार्फत रकम पठाउन लगाई विभिन्न व्यक्तिबाट रु एक करोडभन्दा बढी ठगी गर्ने मोरङ उर्लाबारी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानी बस्ने पवन न्यौपाने र भोजपुर हतुवाघडी गाउँपालिका–७ का सन्तोष बस्नेत र मोरङ, सुन्दर हरैंचा–६ का प्रदीप सुब्बालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले भरत कार्की, सीमा गुरुङ, सुनिमाया गुरुङ, हिमा माझी, सन्तोष बस्नेत र टंकमाया कार्कीका नाममा कोही कसैलाई फोन वा फेसबुकमार्फत ठगी गरेको प्रहरीले जनाएको छ ।  (रासस)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा