३१ असोज, काठमाडौँ । फिपाले हालसालै सार्वजनिक गरेको वरियताक्रममा नेपाल फेरी एक स्थान तल झर्दै १७६ औ स्थानमा पुगेको छ । यस अघि १७५ औ स्थानमा रहेको नेपालको वरियता फेरी खस्केको हो । ताजकिस्तानसँगको खेलमा नेपाल पराजित भएसँगै नेपाल फेरी तल झरेको हो ।
यस्तै वरियताको पहिलो नम्बरमा विश्व विजेता जर्मनी यथावत रहेको छ । वरियताको दोस्रो स्थानमा ब्राजिल तथा तेस्रो स्थामा पोर्चुगल रहेको छ ।
शीर्ष १० वरियता
१. जर्मनी
२. ब्राजिल
३. पोर्चुुगल
४. अर्जेन्टिना
५. बेल्जियम
६. पोल्यान्ड
७. फ्रान्स
८. स्पेन
९. चिली
१०. पेरु
वि.सं.२०७४ असोज ३१ मंगलवार ०६:२४ मा प्रकाशित