
३१ असोज, काठमाडौँ । ईटली तथा ईटलीय क्लब रोमाका पुर्व खेलाडी फ्रान्सेस्को टोट्टीले यस वर्षको फिफा उत्कृष्ट खेलाडीको उपाधि रोनाल्डोले जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् । यस वर्षको उत्कृष्ट खेलाडीको लागि छनोट भएका शीर्ष ३ खेलाडी रोनाल्डो, मेस्सी तथा नेयमार मध्ये यो रोनाल्डोले यस वर्षको उपाधि जित्न योग्य रहेको बताएका हुन् ।
मेस्सी, नेयमार तथा रोनाल्डोलाई अर्कै क्षमता भएको फुटबलर भन्दै टोट्टीले गत १२ महिनामा रोनाल्डोले गरेको प्रर्दशन तथा उनले जितेका ट्रफीको आधारमा रोनाल्डोले यस वर्षको फिफा उत्कृष्ट अवार्ड प्राप्त गर्ने बताएका हुन् ।
यस्तै रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टे तथा युभेन्ट्सका प्रशिक्षक मेसीमिलानियो एलेग्रीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षकको उपाधि जित्ने बताए ।