back

युवाहरुलाई विदेशिनबाट जोगाउ स्वदेशमै रोगारी दिलाऊ

वि.सं.२०७४ असोज ३१ मंगलवार

780 

shares

dinesh-harijan

नेपालमा बर्षेनी करीब छ देखि सात लाख युवा युवतीहरू अर्को देशमा कमाउनको लागि जाने गर्दछन । आफ्नो देशमा राजनैतिक  दलहरुको किचकिच, सोचे जस्तो राम्रो काम न पाएर, परिवारिक जिम्मेवारी अथवा भनौ  मिहेनत अनुसार परिश्रमिक तलब न हुनाले युवा हरू बैदेशिक रोजगार तिर आकर्षित हुदै गएका छन त कतिपय डिग्री गरेका युवा युवतीहरु स्वदेशमा विद्यार्थी भिषामा विदेश तिर होम्मएका छन  ।

बिदेशिएका युवा्हरू मध्ये ७० प्रतिशत तराईबासी खाडी मुलुक लगायत मलेसियामा खटिएका छन् भने बाकी युवाहरु युरोप, अमेरिका, अष्ट्रलिया तिर गएका छन । ७५ प्रतिशत माध्यमिक शिक्षा भन्दा कम पढ़े लेखेका हुन्छन भने ६३ प्रतिशत अधक्ष, १४ प्रतिशत अर्धदक्ष, १२ प्रतिशत प्राविधिक तालीम हासिल गरेका र एक प्रतिशत उच्च दक्षता प्राप्त गरेका युवा युवतीहरू बिदेश गई राखेका छन । यस्तो अवसथामा नेपाल आईपुग्नु भनेको बिडम्बना नै हो । अहिले तपाई हामी नेपालका गाउहरमा गयौ भने त्यहा युवाहरु पाउनै गाह्रो भैसकेको सजिलै अनुमान लगाउन सकिन्छ । गाउघरमा पढेलेखेका युवाहरु नभएको कारणले गर्दा विदेशबाट पठाएको रकमको नि सहि सदुपयोग हुन सकिरहेको छैन । हाम्रो देश रेमिटान्सको भरमा चलेको सजिले हामी अनुमान लगाउन सक्छौ । यो  अवस्था अत्यन्त चिन्ताजनक हो ।

हाम्रा युवाहरू सक्षम भएता पनि बिदेशमा आफ्नो कला, साहस प्रदर्शन गर्न नसक्नाले क्षमता विपरीत कार्य गर्नुमा बाध्य भएका छन। फलस्वरूप रोजगारमा आत्म सन्तुष्टि पाएका छैनन। यदि चौतर्फी रूप सबैको युवाहरूलाई स्वरोजगार व्यवस्थापन गर्न गराउन तिर ध्यान पुगेन भने निकट  भविष्यमा नै  समाजिक, आर्थिक  द्वन्द उत्पन्न हुनु को साथै विभिन्न विकृति विसंगतीहरु जन्मन्छन र राष्ट्र नै पूर्णतः परनिर्भर हुन पुग्दछ ।यस बिषयमा चेतनामुलक कार्यक्रम ल्याउनुको साथै राष्ट्रीयस्तर ब्यापक रूपले बहस हुन जरूरी रहेको छ ।

युवाहरूलाई स्थानीय स्रोतसाधनमा आधारित रहेर ग्रामीण उद्योग तथा ग्रामीण रोजगारको बेवस्थापन गर्नु  उनिहरको योग्यताको अधारमा रोजगारी सृजना गर्नु वाहेक अरु कुनै बिकल्प छैन। युवाहरू बिदेसिदै जाँदा हाम्रो अर्थतंत्र संकटमा पर्न सकने संकेत भईरहेको छ । हालै अर्थ मन्त्रालयको तथ्यांक अनुसार गत वर्ष ब्यापार घाटा ९ खर्ब ९ अरब रुपैया पुगेको छ। हाम्रा छिमेकी मुकुक हरू ले हामी भन्दा पछि स्वतन्त्र भएता पनि हाम्रो देशको अर्थतन्त्र भन्दा सयौँ गुणा ठूलो स्तम्भ कोरी बिश्वमा नै अर्थ धनि देशमा आईरहेका छन ।

रोजगार, व्यापार जस्ता बिषयमा बर्ष पिच्छे नयाँ नयाँ नाराहरू कार्यक्रमहरू सार्वजनिक भएता पनि उपलब्धि  भने न्यून रहेको छ । नेपालमा रोजगारी व्यवस्थापन गर्न, राष्ट्रीयस्तर देखी नै व्यवहारीक रूपले ब्यापक आह्वान गर्नु पर्छ । जनताहरुलाई ग्रामीणस्तरमा उद्योगहरू संचालन गर्न सहजता प्रदान गर्नु पर्दछ । जनताहरूलाई ग्रामीण स्तरमा उद्योग हरू संचालन गर्न इजाजत प्रदान गर्नु का साथै सीपमुलक तालीमहरू दिने माहौल बनाउनु पर्छ ।

स्थानीय स्रोतहरूलाई उपयोग गर्न युवाहरुले पहिचान गर्नु पर्दछ । विदेसिनेहरूलाई सीपमुकल ब्यवसायिक तालीम दिनुपर्छ । जनताहरुलाई आत्मनिर्भर, स्वावलम्बी बनाउन को लागि स्वयम जनताहरुले लगानी गर्न सक्नुपर्दछ ।  राम्रो जनचेतना जगायौ भने खास गरि विद्यार्थी भिषामा आउने युवायुवतीहरुको पैसाले स्थानिय स्तरमै राम्रो उद्योग संचालन गर्न सकिन्छ । नेपालमा लगानी कर्ताहरूको कमी छ गाउँ घरमा चाररपांच लाख लगानी गर्नु कुनै ठुलो कुरा होइन । लगानी गरेर नै सामूहिक औद्योगिक रोजगारको सृजना हुन्छ। बिकसित मुलुकहरुमा ठुलो लगानी गर्न सक्ने हरुको संख्या बढ़ी हुनाले नै उनीहरुको आर्थिक स्थितिमा सुधार आएको छ र हामी ऊनि हरूको ग्राहक बन्न विवश भएका छौं ।

त्यसकारण नेपालका राजनितिक दलहरुले युवाहरुलाई राजनितिका कुरा सिकाउनुको साटो विकासको कुरा सिकाउनु र राज्यले उनिहरुला्ई प्रोत्साहान गर्दै गयो भने हाम्रो सुन्दर देश विकास हुन बेर लाग्ने छैन । किनकी युवाहरु अरुको भुमिमा आएर उनिहरुको देशलाइृ विकास गरेका छन भने आफनो देश किन बनाउन सक्दैनन् ? अवस्य सक्छन र त्यसका लागि उत्यसका लागि नेपालमा राजनितिक खिचातानी सबै भन्दा पहिला बन्द गर्न जरुर छ । साथै युवाहरुलार्इ स्थानिय स्तरमै सहजपुर्बक ब्यवसाय गर्नका लागि सहज बताबारण सृजना गर्न जरुरी छ ।

वि.सं.२०७४ असोज ३१ मंगलवार १०:०६ मा प्रकाशित

Himalayan Life AD
“भोट हालौँ तारामा” भन्दै आयो तिवारीको गीत

“भोट हालौँ तारामा” भन्दै आयो तिवारीको गीत

गीत संगीतको मर्मः गीत शब्द, भाव र लयको साहित्यिक तथा...