Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनएमा ब्रेक थ्रु : कम छैनन् भट्टका चुनौती



nilkantha-tiwari-2

जुन मतका साथ भट्ट सहितको यो टिमले विजयी हासिल गर्नुभएको छ त्यसको अभिमत के छ भने व्यक्तिवाद, परीवारवाद र पैसातन्त्र पुर्ण नियन्त्रण सहित फरक प्रकारले संस्थागत संस्कृतिको विकास अनिवार्य छ । यसमा भवन चुके मात्र भने पनि नवौं सम्मेलनमा उनले पद मात्र छाडेर सुख पाउने छैनन्, अपेक्षाको गतिमा नयाँ ठेस पु¥याएको दाग समेत उनले व्यहोर्नुपर्नेछ ।

गैरआवासीय नेपाली संघको आठौं विश्व सम्मेलनबाट भवन भट्ट अध्यक्षमा निर्वाचित भएलगत्तै संसारभरीका नेपालीवीच निकै क्रिया प्रतिक्रिया आएका छन् । नकारात्मक शब्द कोड गर्नै पर्दा ‘हाकुचाको करामत’ देखि ‘अजिगंर प्रवृतिको अन्त्य” सम्मका विरोध र समर्थनका प्रतिक्रियाहरुले बाढी नै बगेको छ । तर आम रुपमा भन्नुपर्दा गैरआवासीय नेपाली संघको जन्म, आदर्श, निष्ठा, स्वत्व र सार्वभौमिकता तथा अक्षुणतालाई जीवित राखिरहन सचेत मतदाताको कुल शंष्लेषण नै भवन भट्टको जित हो भन्न सकिन्छ । व्यक्तिवाद, जहानीयातन्त्र, लठैततन्त्र र हुल्लडवाज विरुद्धको मतका रुपमा टिप्पणी गर्ने ठाउँ प्रशस्तै रहे पनि समग्रतामा भट्टको विजयले एनआरएनएलाई एउटा नयाँ अध्यायतर्फ डो¥याएको मात्र नभै ढोका समेत खोलेको भन्न सकिन्छ । मत परिणाम स्वभाविक र प्राकृतिक हुँदा हुँदै पनि भट्ट स्वयमको व्यक्तिगत खुवि, प्रभाव र विगत हेर्दा उनी आफू जोखिम मुक्त छन भन्न चाहि सकिदैंन । आफूले प्राप्त गरेको ११९७ मत भट्टको योगदान, क्षमता र संगठनात्मक सभ्यताको मुल्यांकनमा नभै जहानीयातन्त्र विरुद्धको आक्रोशका रुपमा पनि हो भन्ने कुरा भट्टले बुझ्न सके मात्र प्राप्त मतको सहि सदुपयोग हुनेछ भनेर विश्वास गर्न सकिन्छ ।
किन हारिन् जमुना ?

jamuna
‘वारी जमुना– पारी जमुना– जमुनाको फेदैमा   मनकामना’ नयाँ गित गाएर धुन्धुमी मच्याएको देख्दा जमुना यसरी हार्लिन भन्ने धेरैलाइ लागेको थिएन । धेरैको आंकलन थियो भवन र जमुना २५–२६ भोटले मात्रै तलमाथि पर्नेछन् । एक उद्यमी र सफल महिला एनआरएनएको इतिहासमा पहिलो महिला अध्यक्ष भनेर नाम लेखाउने अपेक्षा सहित ठूलो स्तुति गान गरिएको थियो । त्यो एक अर्थमा सहि पनि थियो । एनआरएनए जस्तो सामाजिक संस्थामा महिलाको नेतृत्व गर्वका रुपमा पनि मान्न सकिन्छ । तर, सिधा अर्थमा भन्दा मुख्य पदका लागि जमुनाको हतारो नै हारको अर्को कारण मान्न सकिन्छ । किन की उनले दुईवर्ष एनआरएनएको कुनै पदमा रहेर सामाजिक काममा अझ सक्रिय बन्दै अर्को कार्यकालका लागि अध्यक्षको योग्य उम्मेदवार तथा दावेदार बन्न सक्थिन भन्नेमा कसैको दुई मत छैन् । कांग्रेस–एमाले–माओवादी, मधेशवादी र राप्रपाका नेताहरु पैसाको बिटोमार्फत प्रभावित हुन्छन्, जनजातिहरु एकगठ हुन्छन र जमुनाले नै जित्छीन भन्ने प्रचार बेजोड गरिएको थियो । शेष घलेमार्फत जमुनाले पु¥याएको योगदान लाई छायामा पार्नेगरी उत्ताउला र सस्ता प्रचारवाजी ह्वात्तै बढाइएको थियो । जुन रुपमा हल्का र सस्ता टिप्पणी आए ती आफ्ना ठाउँमा होलान तर, सत्य कुरो के हो भने जमुनाको नेतृत्व यात्रा प्राकृतिक रुपले अघि बढेको भने होइन् । घलेको व्यक्तिवादका वरीपरी अर्थात घलेकै अखडाको प्रमुख पात्रकी रुपमा ‘जमुना–भाउजु’ लाई चित्रित गरिएको थियो । पैसा र पदको प्रभावमा जे पनि गर्न सकिने घले दम्पत्तीको महत्वकांक्षा र तिनका वरीपरी डुल्नेहरुको गलत सल्लाहका पनि यो हारसँग जोडिएको छ । महत्वकांक्षा र दंभ अस्वभाविक हैसियत भन्दा बढी भएको भन्न सकिए पनि गैरआवासीय अभियानमा कुनै छलछाम बिना निस्वार्थ रुपमा देखीएको घले दम्पत्तीको भावनात्मक योगदानलाई भने कम महत्वको मानिनु हुँदैन् ।
नश्लवाद खारेज
गैरआवासीय नेपाली अभियान कुनै दल, जाती, धर्म, सम्प्रदाय, नश्ल, वर्ण र क्षेत्रमा सिमित हुनुहुँदैन भन्ने कुरालाई निर्वाचन परिणामले आंशिक रुपमा सम्बोधन गरेको छ । राजनीति र जातपातका जुत्ता फुकालेर मन्दिरभित्रको पवित्रता कायम गरीरहने गैरआवासीय अभियानको प्रतिबद्धतामा निकै ठूलो धक्काहरु आइरहेका स्थितिमा निर्वाचन परिणामले यूग सापेक्ष रुपान्तरीत हुने आदेश गरेको छ । जात–जाती र धर्म भन्दा मानवताको भावना र राष्ट्रप्रतिको ऐक्यबद्धतामा निशर्त जुट्न निर्देश गरेको छ । फलाना बाहुनलाई बाहुन जतिको भोट, फलाना क्षेत्रीलाई क्षेत्रीजतिको भोट, फलानो मगरलाई मगरजतिको भोट र फलानो गुरुङलाई गुरुङ जतिको भोट भनेर अस्वभाविक हुइयावाजी गर्नेहरुलाई पनि यसले ठूलो सवक सिकाएको मान्न सकिन्छ । यो परिणामले नेपालमै रहेर ठूला बडाका छोरा–नाती भनेर जातीय हुइया मच्याउनेलाई समेत रुपान्तरणको पाठ पढाएको छ । जात–जाती र नश्ल भन्दा माटो र राष्ट्रियताको पक्षमा ऐक्यबद्ध हुन उत्साहित गराएको छ ।
राजनैतिक दाउपेच आंशिक नियन्त्रणमा
मत परिणामले दिएको अर्को एउटा महत्वपूर्ण शष्लेषण यो हो की विचार, राजनैतिक दल, गुट र उपगुटको हुण्डरीबाट साझा अभियान चल्नु हुँदैन । सत्य संगसँगै के पनि हो भने दल वा गुटका नेताहरुका मोल तोलका परीपत्रहरु फिका हुने स्थिति बलियो थियो । गैरआवासीय अभियानको १४ वर्षको अभ्यासमा यसप्रकारका तीता–मिठा अनुभुतिहरु, लेनदेन र बाँडीचुँडीका कसरतहरुले अभियन्ताहरुमा फरक धार उब्जाइसकेको थियो । यसकारण दल, गुट, उपगुट वा शक्तिकेन्द्रका नाउँमा चलखेल गर्नेहरुको प्रयत्न अपेक्षाकृत कामयाबी हुन सकेन अर्थात यसलाई छोटकरीमा भन्दा यो मत परिणामले राजनैतिक दाउपेच आंशिक नियन्त्रणमा आइपुगेको छ भन्नुमा कुनै द्धिविधा छैन ।
पैसातन्त्रको बढ्दो प्रभाव
गैरआवासीय नेपाली अभियन्ताहरुले रकममा पठाउने विप्रेषण बाहेक पुँजी, प्रविधि, शिप, ज्ञान र लोकतान्त्रिक सभ्यता संप्रेषणको अपेक्षा स्वदेशका नेपालीहरुको थियो । तर, निर्वाचनको शैली–स्वरुप र तरङ हेर्दा अपेक्षित सभ्यताको अनुभुति हुन सकेन । होटल हायातका विदेशी पाहुनाले खेप्नु परेको ध्वनी प्रदुषण र हायात स्वयमले झेलेको कष्ट तथा महँगो र भड्किलो चुनावमा समावेश गरिएका कृत्रिम बाध्यताहरु पैसातन्त्रको गतिला उदाहरण थिए । विभिन्न देशबाट यति जना यसको पैसाले… सामान्य मान्छेले बुझ्ने गरी संप्रेषित भएकै थिए र मानीसहरु ओसारिएकै थिए । ‘ ठूलालाई बोरा र सानालाई झोला’ शब्द निकै चर्चित थिए । लठैततन्त्र र हुल्लडबाज प्रवृत्तिसँगै जवरजस्त बढेको पैसातन्त्रको महँगो र भड्किलो बोझले धेरै अभियन्ताहरुमा निराशाको मनोविज्ञान झल्किरहेको थियो ।
जित्नैपर्ने धेरैले जिते
गैरआवासीय नेपाली अभियानका केही अपवाद पात्र बाहेक यसपटक जित्नैपर्ने धेरैले जितेका छन् । बौद्धिक र राजनैतिक व्यक्तित्व खगेन्द्र क्षेत्री र निष्ठावान व्यक्तित्व धरम केसी लगायतका अभियन्ताहरु बाहेक अर्जुन श्रेष्ठ तथा अन्य केही नहार्नुपर्ने अभियन्ताहरु समेतले पराजय भोग्नु परेको छ । महँगो–भड्किलो र प्रचारमुखी मानसिकतामा उहाँहरुका कमजोरी के के थिए त्यो उहाँहरुले समिक्षा गर्नु पर्ने होला । तर, हार्न नपर्ने र हार्न नहुने केही मान्छे चुनावमा हार्दा बित्तिकै सिंगो निर्वाचन परीणामलाई गलत ठान्न किमार्थ हुँदैंन । लामो समय देखि अभियानमा सक्रिय रहेर नेतृत्वको प्राकृतिक खुट्किलोमा रहेका भवन भट्ट र कुमार पंत बाहेक कुल आचार्य, सपिला राज भण्डारी, डा. बद्रि केसी, डिबी क्षेत्री,जानकी गुरुङ, हिक्मत थापा, सोमनाथ सापकोटा सहितका पदाधिकारी एवं क्षेत्रिय संयोजक, उपसंयोजकहरु महिला तथा यूवा संयोजक र उपसंयोजकहरु अधिकाशंको जित स्वभाविक मानिएको छ । सपिला राजभण्डारी, जानकी गुरुङ र रजनी प्रधान लगायतका सक्रिय महिला अभियन्ताहरु जो जित्नै पर्ने थिए उनीहरुले जितेका छन् । हिक्मत थापा र सोम सापकोटाको निष्ठाको ढोका फराकिलो सँग उघारिएको छ ।
कम छैनन् भट्टका चुनौतीहरु

bhaban
गैरआवासीय नेपालीहरुको पपुलर मत पाएका भवन भट्ट विगतमा नआत्तिए झै अब मात्तिनुबाट बच्न भने जरुरी छ । संकीर्ण र घोर दक्षिणपंथी घेराबाट मुक्त भएर संस्थाको प्रगतिशिल रुपान्तरणमा उनी खरो रुपमा उत्रन सक्नु पर्ने स्थिति देखा परेको छ । गलत सल्लाहकारहरुको उक्साहटबाट मुक्त हुन सके, महत्वकांक्षालाई संस्थाको संस्थागत संस्कृतिको विकाससँग जोड्न सके, आफ्नै व्यक्तिगत जीवनलाई पारदर्शी बनाउन सके र संस्थागत जिम्मेवारीबोधको परंपरामा नयाँ आयाम दिन सके उनी सफल हुन सक्नेछन् । लठैततन्त्र, हुल्लडवाज र पैसातन्त्रको पुरानो रोग उनका अगाडि चुनौती बनेर अझै ठडिएको छ । व्यक्तिवाद–नश्लवाद र राजनीतिक संकिर्णताको गाँठो पुरा फुकिसकेको छैन । अभियन्ताको व्यक्तिगत रुपमा र संस्थाको संस्थागत रुपमा लोकतान्त्रिक छवि र पारदर्शितालाई व्यवहारको सच्याइमा पक्रन जरुरी छ । अभियानको स्थापनाकालदेखि सक्रिय बौद्धिक व्यक्तित्वहरुको पलायनताको कारण खोजेर बौद्धिक सहभागिता बढाउन सके भट्टको कार्यकाल सफल मान्न सकिनेछ । धनी–व्यापारी र व्यवसायीहरुको स्वार्थमा नेटवर्क बृद्धि होइन, सीप, पुँजी, प्रविधि, ज्ञान र सभ्यताको सकेसम्म संयोजन र विप्रेषण राष्ट्रको समृद्धिका लागि केन्द्रीत गराउनुमा भट्टको चुनौती छ । ‘नयाँ युगको सुरुवात सबै हात एकै साथ’ भन्ने भट्टजीको मुल नारा सार्थक बनाउन उनी हृदयदेखि नै लाग्नु पर्ने जरुरी देखिन्छ ।
बिकासको ठेक्का लिएर ठूला गफ होइन्, भावनात्मक एकताको मिहिन प्रयासबाट गैरआवासीय तागतको उपयोग मुलुकले खोजेको छ भन्ने कुरा भट्ट लगायतका नवनिर्वाचित मित्रहरुले बुझ्नैपर्ने भएको छ । जुन मतका साथ भट्ट सहितको यो टिमले विजयी हासिल गर्नुभएको छ त्यसको अभिमत के छ भने व्यक्तिवाद, परीवारवाद र पैसातन्त्र पुर्ण नियन्त्रण सहित फरक प्रकारले संस्थागत संस्कृतिको विकास अनिवार्य छ । यसमा भवन चुके मात्र भने पनि नवौं सम्मेलनमा उनले पद मात्र छाडेर सुख पाउने छैनन्, अपेक्षाको गतिमा नयाँ ठेस पु¥याएको दाग समेत उनले व्यहोर्नुपर्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट