back

दुई बस ठोक्किँदा दुईको मृत्यु

वि.सं.२०७४ असोज ३१ मंगलवार

417 

shares
GLOBAL IME AD
NTC AD

BUS ACCIDENT

३१ असोज, डोटी ।   भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ घोरणीमा दुई यात्रुवाहक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
तीमध्ये १५ जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा देहिमाण्डौँं बैतडीकी ८० वर्षीया द्रौपदी भण्डारी र पर्शुराम नगरपालिका– १४ का विक्रम बोहरा रहेको प्रहरीले जनाएको छ ।
डडेल्धुरा सदरमुकामबाट जोगबुडा जाँदै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ र भीमदत्तनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना ५ ख ६०८१ नंको बस आज मध्याह्न १२ बजेतिर ठोक्किँदा दुर्घटना भएको हो ।
उद्धार जारी रहेकाले २४ घाइतेको परिचय खुलेको छैन । तीमध्ये गम्भीर घाइतेलाई धनगढी र बाँकीलाई डडेल्धुरा पठाइएको घटनास्थलमा रहनुभएका प्रहरीचौकी गैराका इञ्चार्ज प्रहरी सहायक निरीक्षक गणेशबहादुर चन्दले जानकारी दिनुभयो ।

दुवै गाडी तीव्र गतिमा गुडिरहेका कारण ठूलो क्षति भएको बताइएको छ । क्षतिग्रस्त बस दुवै सडकमै अड्किएका छन् । दुर्घटनापछि राजमार्ग केही समयका लागि अवरुद्धसमेत बनेको छ । उद्धारपछि डोजरको सहायताले बस हटाएर राजमार्ग पुनःसञ्चालन गर्ने प्रयास भइरहेको इञ्चार्ज चन्दले जानकारी दिनुभयो ।

वि.सं.२०७४ असोज ३१ मंगलवार १०:५१ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको...