Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

ईतिहासमा टोटेन्ह्याम भर्सेज रियल म्याड्रिड, रियल म्याड्रिडको गर्विलो विरासत



real vs totenham

३१ असोज, काठमाडौँ । ईङलिश प्रिमियर लिगमा निकै स्तरीय प्रर्दशन गर्दै आएको टोटेन्ह्यामका प्रशिक्षक मौरिसियो पोचेटिनोलाई मंगलबार राति स्पेनको राजधानी भ्रमण गर्दा मुख्य चिन्ताको विषय हुनेछ रियल म्याड्रिड विरुद्धको ईतिहास । हुन पनि हो टोटेन्ह्यामले रियल म्याड्रिडको पोष्टमा अहिले सम्म गोल गर्न सकेको छैन् । यी दुई क्लब बीच अहिले सम्म सबैखाले प्रतियोगितामा ७ खेल भएका छन् जसमध्ये रियल म्याड्रिडले २१ गोल गरेको छ ।

आजको खेलमा लण्डन क्लब टोटेन्ह्यामको मुख्य चुनौती हुनेछ च्याम्पियन्स लिगको सबैभन्दा सफल क्लब रियल म्याड्रिड विरुद्ध गोल गर्दै एउटा विरासतको अन्त्य गर्ने जसको लागि टोटेन्ह्यामले निकै तयारी गरेको छ । घातक फरवार्ड हेरी केन तथा मिडफिल्डर एरिक्सन तथा डेले अल्ली जस्ता स्टार खेलाडीले भरिएको टोटेन्ह्यामले निकै राम्रो प्रर्दश्न गर्दै आएको छ ।

real vs totenham

यस्तै स्पेनिश महारथी रियल म्याड्रिडले यो सिजन घरेलु लिगमा राम्रो प्रर्दशन गर्न नसकेपनि युरोपमा भने प्रभावशाली नतिजा हात पार्दै आएको छ । अझ भन्ने हो भने रियल म्याड्रिडले आफ्नो घरेलु मैदानमा खेलिएको च्याम्पियन्स लिगको खेलमा रियल म्याड्रिड २ वर्र्ष देखी अपराजित रहदै आएको छ । चयाम्पियनस लिगका सबैभन्दा सफल खेलाडी मानिएका स्टार फवार्ड रोनाल्डोले यो सिजन पनि ४ गोल गरिसकेका छन् । यस्तै लुका मोड्रिच, इस्को एसेन्सियो जस्ता स्टारहरुले समेत यो सिजन निकै राम्रो खेल पस्कदै आएका छन् । तर्सथ यस खेललाई विरासतको लडाँईको रुपमा लिन सकिन्छ ।

harry kane


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू