सालीकराम आचार्य, बर्का ओमान । नेपाली समाज ओमानद्वारा आयोजित ‘तिहार विशेष कार्यक्रम २०७४’ सम्पन्न भएको छ । ओमानको बर्का स्थित फुडहाउसको पार्टी हलमा सफलतापूर्वक सम्पन्न उक्त कार्यक्रमममा समाजका अध्यक्ष योगेश बानु राईको अध्यक्षता, दिलु रोका, पार्वती श्रेष्ठ, तथा किरण राईले सञ्चालन गरेका थिए ।
नेपाली राजदुतावास ओमानकी राजदुत श्रीमती शर्मिला पराजुली ढकालको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ओमानस्थित संघसंस्थाका प्रतिनिधीहरू क्रमशः नेपाली महिला समुह, गैरआवासीय संघ ओमान, ओमान नेपाली एकता समाज, नेपाली बुध्दभिजन ओमान, तमु समाज ओमान, प्रबासि मंच ओमान, सगरमाथा समुह ओमान, जन प्रगतीशिलमञ्च ओमान, नेपाली जन सम्पर्क समिति ओमान, तमाङ्ग समाज ओमान, मगर संघ ओमान, दलित एकता संजाल ओमान, अन्तर्रा्ष्ट्रिय साहित्य समाज ओमान, गुल्मी सेवा समाज ओमान, बागलुङ सेवा समाज ओमान, नेपाली क्रिस्चियन फेलोसिप ओमानका प्रतिनिधीहरू लगायतका अतिथिहरुको उपस्थित रहेको थियो । साथै ऐक्यबद्धता मासिकपत्रिका र संसार न्युज डट कमका ओमान प्रतिनिधि तथा डिसि नेपाल डट कमका पत्रकारको उपस्थिति रहेको थियो ।
सहिदहरुप्रति एक मिनेटको मौन श्रद्धाञ्जलीका साथै राजदुत श्रीमती शर्मिला पराजुली ढकालद्वारा दिप प्रज्वलीत गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । राष्ट्रियगान संगै देशभक्ति गीतले राष्ट्रप्रेम छल्काएको सांस्कृतिक कार्यक्रममा महिलाहरूले देउसीभैलो प्रस्तुती एक्दमै राम्रो गरेका थिए । रक्तिम साँस्कृतिक परिवार, प्रबासी मंच, मगर संघ, गुल्मी समाज, बुद्धभिजन ओमान लगायत समाजको आफ्नो मिरमिरे साँस्कृतिक परिवारले अवस्मणीय प्रस्तुति गरेका थिए । साथै अन्तर्राष्ट्रिय साहित्य समाज ओमानका श्रष्टाहरुले देश, राजनीति अनी समसामयिक बिषयमा प्रकाश पारेका थिय तथा ओमानस्थित अन्य कलाकारहरूको बेजोड प्रस्तुतिहरु साथै भुकम्पपछिको बाढीपहिरोमा पाएको दुखःलाई चित्रण गरि तयार पारिएको नाटकले सबैलाई भावविभोर बनाएको थियोे ।
शुभकामना कार्यक्रममा बोल्दै राजदुत शर्मिला पराजुली ढकालले प्रधानमन्त्रीको भम्रणले ओमानमा ल्याएको परिवर्तनका बिषयमा प्रकाश पार्दै सरकारले आफूलाई राजदुत तोकेता पनि ओमानमा रहेका हरेक नेपाली ओमानमा राजदुत भएको र त्यसै अनुरुपको छवि सबैले बनाउन सके देश बिकासमा सहयोग हुने बताइन । हामी नेपालीलाई ओमान सरकारले गरेको सम्मानका लागि ओमान सरकारलाई धन्यवाद ज्ञापन गर्दै नेपाल सरकारले ओमानमा आएर नेपाल ओमानको बिचमा गरेको सहमतिका लागि ओमानस्थित नेपालीहरूका तर्फबाट नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेकी छिन । राजदुतले दिपावली, नेपाली नयाँबर्ष तथा छठ पर्वको शुभकामना दिदै नेपालीहरुका चार्ड पर्व र कला संकृतीको जगेर्ना गर्न यस्ता कार्यक्रमहरुको महत्वपूर्ण भुमिका रहने बताइन ।
ऐक्यबद्धता मासिक पत्रिका, संसार न्युज डट कम तथा डिसि नेपाल ओनलाईन पत्रीका कार्यक्रमका मिडिया पाटर्नर रहेका थिए । शुभकामना कार्यक्रमलाई डिसि नेपालले सिधा प्रशारण समेत गरेको थियो ।
कार्यक्रमको प्रायोजक ओमान युएई एक्सचेञ्जले चिठ्ठा मार्फत चार जना भाग्यशालीलाई उपहार दिएको थियो । यसैगरि अलमधुसी, अल असिर मेनपावर लगायतले प्रायोजक गरेका थिए । नेपाली महिला समूह, बुद्धभिजन ओमान, तमु समाज ओमान, जनसम्पर्क समिति ओमान तथा प्रेम गुरुङले बिशेष सहयोग गरेका थिय ।