Logo
१७ मंसिर २०७८, शुक्रबार
     Fri Dec 3 2021
E-paper
  English Edition
   Unicode
Logo

वृद्धवृद्धालाई एक वर्षका लागि पुग्ने खाद्यान्न वितरण



 १ कात्तिक, रामपुर, पाल्पा । केलादीधाम वृद्धाश्रममा बसोबास गर्दै आइरहेका वृद्धवृद्धालाई एक वर्षका लागि खाद्यान्न सामग्री वितरण गरिएको छ ।

नेपाल नेम्वार्क पीठको केन्द्रीय कार्यालय रहेको केलादीधाम साँखरमा बसोबास गर्दै आइरहेका ३५ जना वृद्धवृद्धालाई मंगलबार पतञ्जलि आयुर्वेद केन्द्र प्रालि नेपालका निर्देशक डा पवमान सुवेदीको आर्थिक सहयोगमा रामपुर पतञ्जलि योग समिति, पाल्पाका सदस्यमार्फत एक वर्षका लागि खाद्यान्न सामग्री वितरण गरिएको हो ।

यहाँ बसोबास गर्ने वृद्धवृद्धालाई खाद्यान्न भोजनको समस्या समितिले जुटाउन नसक्दा साँझ बिहान हातमुख जोर्न निकै समस्या परेको थियो । रामपुर पतञ्जलि योग समितिका प्रधान संरक्षक दामोदर भण्डारीको पहलमा खाद्यान्न सामग्री वितरण गरिएको हो ।

वृद्धवृद्धा समाजका पाहुना भएकाले उनीहरुलाई बाँचुञ्जेलसम्म सम्मानजनक व्यवहार गर्न र वृद्धवृद्धाको जीवन खुशी र सुखी बनाउन पतञ्जलि आयुर्वेद केन्द्र प्रालि नेपालका निर्देशक डा सुवेदीले एक वर्षसम्मका लागि आवश्यक पर्ने खाद्यान्न सामग्री वितरण गर्नुभएको हो ।

वृद्धाश्रममै आएर खाद्यान्न सामग्री वितरण गरेपछि वृद्धवृद्धा निकै खुशी भएका छन् । यहाँ वृद्धवृद्धाका लागि बसोबासको व्यवस्था रहे पनि खानको लागि व्यवस्था आफैँले गर्नुपर्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौ । महाधिबेशनको संघारमा जुटेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले मंसिर १६

काठमाडौं । आज चार प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

फर्शुराम भुर्तेल, पर्वत । गण्डकी प्रदेशको पार्टी सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीको

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा, जमदार, पुजारी हुद्दा र

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा