Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

बैद्याखानाद्धारा रु तीन करोड बढीको औषधि बिक्री



१ कार्तिक, काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिले गत आर्थिक वर्षमा रु तीन करोड ४३ लाख १४ हजार १४९ मूल्य बराबरको औषधि बिक्री गरेको छ ।

समितिको तेइसौँ वार्षिकोत्सव एवम् राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा समितिले सो जानकारी दिइएको हो ।

रु पाँच करोडको बिक्री लक्ष्य राखिएको भएपनि समितिले औषधिको उचित बजार व्यवस्थापन गर्न नसक्दा अपेक्षाकृत बिmक्री गर्न नसकेको जनाएको छ ।

समितिका प्रबन्ध निर्देशक डा राजेन्द्रकुमार गिरीले आयुर्वेद औषधिको गुणस्तर र कच्चा जडिबुटीको गुणस्तर परीक्षणको कार्यविधि नभएकाले समस्या परेको उल्लेख गर्दै गुण्स्तरीय औषधिका लागि जडिबुटीको व्यवसायिक खेती आवश्यक भएको बताउनुभयो ।

औषधि आपूर्ति, उत्पादन व्यवस्थापन, मानव संशाधन व्यवस्थापन र आर्थिक व्यवस्थापन गर्दै आगामी चालु आवमा रु पाँच करोडको औषधि बिक्री गर्ने लक्ष्य समितिले लिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बैतडी । दशदिन अघिमात्र प्रेम विवाह गरेका नवविवाहित जोडीको सवारी दुर्घटनामा परि मृत्यु भएको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट