back

दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु

वि.सं.२०७४ कात्तिक १ बुधवार

189 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

scrub typhus

   रत्ननगर, चितवन ।  चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ । तीमध्ये स्क्रब टाइफसबाट दुई जनाको मृत्यु भइसकेको छ । विगत तीन महिनामा एक हजार ७६ जनामा स्क्रब टाइफसको र ६४४ जना बिरामीमा डेंगुको परीक्षण गरिएको सो कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताउनुभयो ।

विभिन्न अस्पतालबाट प्राप्त पछिल्लो प्रतिवेदनअनुसार भरतपुर अस्पतालमा १०१, रत्ननगर बकुलहर अस्पतालमा नौ, चितवन मेडिकल कलेजमा ७०, नारायणी सामुदायिक अस्पतालमा ६९, मनकामना अस्पतालमा दुई, सेन्ट्रल अस्पतालमा एक जना र निजी ल्याबमा १३ जनामा स्क्रब टाइफस भएको पाइएको हो । ‘माइट’ नामको एक प्रकारको सुक्ष्म कीरा (किर्ना) ले टोकेमा स्क्रब टाइफस रोग सर्ने चिकित्सकले बताएका छन् ।

यो रोग लागेमा अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर दुख्ने हुन्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनीधि शर्मा बताउनुहुन्छ ।

त्यस्तो ठाउँमा काम गर्दा सावधानी अपनाउनुपर्ने उहाँ बताउनुहुन्छ । डेंगु भने एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा सर्र्नेगर्छ । यसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । ज्वरो आएमा र दुई, तीन दिनसम्म निको नभएमा विशेषज्ञ चिकित्सकलाई देखाउनुपर्ने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

वि.सं.२०७४ कात्तिक १ बुधवार ०७:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
द व्रिटिस कलेजका संस्थापक ‘द पावरहाउस विजनेस लिडर २०२४’द्वारा सम्मानित

द व्रिटिस कलेजका संस्थापक ‘द पावरहाउस विजनेस लिडर २०२४’द्वारा सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेजका संस्थापक राजेन कँडेल 'द पावर...

लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने लिखित सहमति

लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने लिखित सहमति

काठमाडौँ । लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सरकारको...

बेचनको झाको निवेदन न्यायाधीश ढुङ्गानाको इजलासमा

बेचनको झाको निवेदन न्यायाधीश ढुङ्गानाको इजलासमा

काठमाडौँ । बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश टेकप्रसाद ढुङ्गानाको...

पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य खतरामुक्त

पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य खतरामुक्त

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यको...

भाजपाका नेता राजेश अग्रवाल नेपाल आउँदै

भाजपाका नेता राजेश अग्रवाल नेपाल आउँदै

काठमाडौँ । भारतीय जनता पार्टीका कोषाध्यक्ष राजेश अग्रवाल आज नेपाल...

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी...