
क्यानडाको ब्राम्पटनस्थित नेपाली पशुपतिनाथलाई शुदर्सन नेपालले दश हजार दश क्यानेडियन डलर सहयोग हस्तान्तरण गरेका छन् ।
नेपालले मन्दिरका सभापति डा. हरि गुरुङलाई आफ्ना स्वर्गीय पुत्र शास्वत नेपालको स्मृतिमा उक्त रकम अक्टोबर १ का दिन एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।
मन्दिरका सभापति डा.गुरुङले उक्त रकम मन्दिरको विकास तथा विस्तारका लागि उच्च महत्व राख्ने कुरा बताए । साथै मन्दिको नीति बमोजिम उहाँको पुत्रको पुण्य तिथिको कार्यक्रम प्रत्येक वर्ष मन्दिरले आयोजना गर्ने गरी क्यालेन्डर राख्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
बुटवल घरभई हाल क्यानडामा बसोबास गरिरहेका नेपालका पुत्र शास्वत १२ वर्षको कलिलो उमेरमा ब्रेन ट्युमरका कारण उपचारका क्रममा क्यानडास्थित सिक किड अस्पताल टोरन्टोमा ११ अप्रिल २०१७ मा निधन भएको थियो ।
उहाँ पेशागत रुपमा विजनेस म्यानेजमेन्ट क्षेत्रमा कार्यरत एक सक्रिय एवं चिरपरिचित समाजसेवी व्यक्तित्व समेत हुन् ।
उक्त पशु्पतिनाथ मन्दिर क्यानडा ग्रेटर टोरन्टो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको आस्थाको केन्द्रको रुपमा स्थापित भएको छ ।