back

भक्तपुरमा नेपाली काँग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल

वि.सं.२०७४ कात्तिक १ बुधवार

252 

shares

१ कात्तिक, भक्तपुर  : आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरमा नेपाली काँग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल हुने भएको छ ।

काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आज सञ्चारकर्मीसँग यसबारेमा कुरा गर्दैै काँग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल गरेर निर्वाचनमा उम्मेदवारी दिने बताउनुभयो । भक्तपुरमा प्रतिनिधिसभातर्फ १ र २ वटै निर्वाचन क्षेत्र तथा प्रदेशसभातर्फ ३ वटामा राप्रपा (प्रजातान्त्रिक)ले काँग्रेसका उम्मेदवारलाई सघाउने र क्षेत्र नं १ को प्रदेशसभा १ मा भने काँग्रेसले राप्रपा (प्रजातान्त्रिक) लाई सघाउने गरी तालमेल हुने भएको छ ।

काँग्रेस सभापति थापाले भन्नुभयो, “काँग्रेस बलियो भएकै क्षेत्रमा राप्रपा (प्रजातान्त्रिक)लाई सघाउने र अन्य क्षेत्रमा राप्रपा (प्रजातान्त्रिक) ले काँग्रेसलाई सघाउने सहमति अन्तिम चरणमा पुगेको छ । भक्तपुरमा एमालेलाई एक्लो बनाउने गरी तालमेलको लागि छलफल भइरहेको छ ।”

काँग्रेसको राप्रपा (प्रजातान्त्रिक), राप्रपा, नेपाल मजदूर किसान पार्टी, नेकपा (माले) र माओवादी (केन्द्र)सँग तालमेलका बारेमा छलफल भइरहेको बताइएको छ ।

उम्मेदवारको हकमा भक्तपुर काँग्रेसभित्र कुनै विवाद नरहेको प्रष्ट्याउँदै अध्यक्ष थापाले माथिल्लो तहबाट आएको निर्णयअनुसार काँग्रेस अगाडि बढ्ने र आफूलाई काँग्रेस कमजोर रहेको भक्तपुर क्षेत्र नं १ बाट टिकट दिएपनि उठ्न तयार रहेको बताउनुभयो ।

यता राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले पनि भक्तपुरमा काँग्रेसलाई सबै क्षेत्रमा सघाउने र राप्रपालाई निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ को प्रदेशसभामा उम्मेदवारी दिने रविन्द्रप्रताप शाहलाई सघाउने गरी सहमति भएको बताउनुभयो । राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय सदस्य शाहले काँग्रेससँग तालमेल गरेर जानेबारे सहमति अन्तिम चरणमा पुगेको बताउनुभयो ।  (रासस)

वि.सं.२०७४ कात्तिक १ बुधवार १४:२९ मा प्रकाशित

तीन वर्षमा पूरा गर्नुपर्ने बेनी अस्पतालको भवन आठ वर्षमा पनि बनेन्

तीन वर्षमा पूरा गर्नुपर्ने बेनी अस्पतालको भवन आठ वर्षमा पनि बनेन्

म्याग्दी । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको...

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

बुटवलमा बलेरो जिप दुर्घटनामा तीनजनाको मृत्यु

लुम्बिनी । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप...

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर...

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

देश बनाउने र सुशासन ल्याएरै छाड्ने प्रधानमन्त्रीको सङ्कल्प

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु एकापसमा मिलेर देश...

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री...

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

हुम्ला (सिमकोट) । खानेपानीमन्त्री प्रदीप यादवले सबैको सामूहिक प्रयासले जनतालाई...